उच्च मनोवलका साथ काम गर्न प्रदेश– १ का मुख्यमन्त्रीको निर्देशन



सरोज यादव, विराटनगर ।
प्रदेश– १ का मुख्यमंत्री शेरधन राईले उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । भौतिक पुर्वाधार तथा विकास मंत्रालयको गत अर्थिकवर्षको कामको सम्पादन गर्ने उदेश्यले विराटनगरमा आज आयोजित समिक्षा गोष्टिलाई संवोधन गर्नुहुदै उहाले प्रदेस सरकारको लक्ष्य अनुरुपम चालुु आर्थिकवर्षको आगामी जेठ–१५ गतेभित्र सवै विकास निमार्णका योजना सम्पन्नगर्नेगरि योजना वनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाले विगतका वर्षहरुमा संघियता कार्यान्वयमा आएको चुनौतीका कारण कामले गति लिन नसकेको भन्दै अहिले कर्मचारी समायोजन , आवश्यक निर्देशिका तथा विभिन्न जिल्लामा प्रदेस स्तरिय कार्यालय स्थापना तथा वजेटको समेत पर्याप्त व्यवस्था भइ सकेकाले अव काममा अलमलगर्न नहुने उल्लेख गर्नुभयो । उहाले भौतिक पुर्वाधार मंत्रालयमा प्रदेस सरकारको ५० प्रतिशत वजेट विनियोजित गर्दै आएको र यो मंत्रालयसंग सडक , पुल , खानेपानी तथा भौतिक पुर्वाधार जस्ता प्रत्यक्ष जनतासंग जोडिएका योजनाहरु रहेकाले यो मंत्रालयको सफल्तासंग प्रदेस सरकारको सफल्ता जोडिएको वताउनुभयो ।

उहाले भ्रष्टाचार तथा अनियमितताका कुनैपनि कुरा आफुलाई सह्य नहुने वताउदै प्रदेसका कुनैपनि कर्मचारीले भ«ष्टाचार र अनियमिता गरेको फेला पारेका त्यस्ता कर्मचारीलाई ठाउको ठाउ कार्वाही गर्ने वताउनुभयो । मुख्यमंत्री राईले निमार्णकाृ ठेक्का पाएका कम्पनीले सेटिङ मिलाउने नाममा माथी देखी तलसम्म घुस दिने कुरा आफुलाई सुन्नमा आएको उल्लेख गर्दै त्यस्तो पाइएमा मंत्री , सभासद् जो सुकैहोस कार्वाही गर्न आफु नचुक्ने दावी गर्नुयभयो । उहाले प्रदेसमा भइरहेको विकास निमार्णको अनुगमन र प्रभावकारी कार्यान्वयनका लागी अधिकार सम्पन्न आयोग वनाउन लागेको वताउनुभयो ।

कार्यक्रममा प्रदेस न १ का आर्थिक मामिला तथा योजना मंत्री इन्द्रवहादुर आङवोले समग्र प्रदेस सरकारको मुल्याकंनको आधार भौतिक पुर्वाधार मंत्रालय रहेकाले जनतालाई केन्द्रविन्दुमा राखेर योजना वनाउनुपर्ने वताउनुभयो् । उहाले गतवर्षको मंत्रालयको वितिय र भौतिक प्रगती सन्तोषजनक रहेको भन्दै चालु आर्थिक वर्षमा अझै यसलाई दोव्वर वढाउनु आवश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा प्रदेस न १ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, प्रदेस सरकारका प्रमुख सचिव सुरेश अधिकारी , भौतिक पुर्वाधार तथा विकास मंत्रालयका निमित्त सचिव राजेसप्रसाद घिमिरेले पुर्वाधार तथा विकास निमार्णमा जोड दिनुभयो । दुई दिनसम्म चल्ने सो गोष्टिमा मंत्रासयसंग आवद्ध एक नम्वर प्रदेसका ४३ वटा कार्यालयका इन्जिनियर तथा कार्यालय प्रमुखको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्