छोरी मान्छेको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछि…



ब्राजिल । लागुऔषध कारोबारको काममा सक्रिय ४२ वर्षे क्लाउभिनो दा सिल्भा केहि समयदेखि जेलमा थिए । तर उनले छोरीको रुपधारण गरेर जेलबाट भाग्न खोज्दा पुनः पक्राउ गरेका छन् ।

उनलाई भेट्न भनि उनकी १९ वर्षीया छोरी ब्राजिलको रियो दे जेनेइरोस्थित बांगु थ्री नामक जेलमा भेट्न आएकी थिईन् । छोरीले उनलाई भेटे पश्चात बावुलाई त्यहाँबाट आफ्नो कपडा उनलाई दिएर त्यहाँबाट भगाउन खोजेको स्रोतले जनाएको छ ।

सिल्भा लामो समय देखि जेल सजाय काटिरहेका छन् । स्रोतका अनुसार अब बुवालाई जेलबाट भगाउन सहयोग गर्ने छोरीलाई पनि पक्राउ गर्ने सम्भावना देखिएको छ ।

सिल्भा जेलबाट निस्कन लाग्दा उनको असामान्य रुपलाई गार्डले चिनेका थिए । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा हालिएको हो ।

प्रतिक्रिया दिनुहोस्