एक झुप्पा अङ्गुरको मूल्य १२ लाख



अङ्गुर । विभिन्न थरीका फलफुल मध्ये अङ्गुर जो कोहीलाई मनपर्ने फलफुल र्हो । अङ्गुर हेर्दा जती आकर्षक हुन्छ उतीनै धेरै यसको फाइदा पनि छ । सबैलाई मनपर्ने फलफुल अङ्गुरको मूल्य कति पर्छ होला ? संसारमा एउटा विषेश प्रकारको अङ्गुर छ । जसको मूल्य १२ लाख रुपैयाँ रहेको छ ।

सुन्दा अचम्म लाग्ने यो कुरा जापानको हो । जापानका मानिसहरुले अंगुरको एउटा सानो झुप्पा खरिद गर्दा १२ लाख रुपैयाँ तिर्ने गरेको छन् । रुबी रोमन जातको उक्त अंगुरको गेडाको आकार ठूलो हुन्छ । एउटा गेडाको वजन करीब २० ग्राम हुनुका साथै एउटा झुप्पोमा झण्डै २४ अंगुरका गेडा हुन्छन् ।

यस फलको अर्काे विषेशता भनेको यो पूर्ण रुपमा रातो रङको हुन्छ । यो जातको अंगूरको विकास जापानको इशिकावा प्रान्तको सरकारी निकायले गरेको थियो । यस फलको मूल्य अत्याधिक चर्काे हुनाले जापानमा यो रातो अंगुर लग्जरी फलको श्रेणीमा पर्दछ । यो फल जतासुकै पाइँदैन ।

केही समय अगाडि लग्जरी अंगुरको एक झुप्पा जापानको कनाजावा बजारमा लिलामी भयो । त्यसक्रममा एक होटल कम्पनीले एक झुप्पो अंगुर ११ हजार डलरमा खरीद गर्यो । यो फल विषेश गरी शुभ अवसरमा उपहार दिनको लागि प्रयोग हुन्छ ।

प्रतिक्रिया दिनुहोस्