फिल्म पढाउने कलेज म बनाउँदै



 

राजधानीमा फिल्म पढाउ“दै आएको कान्तिपुर फिल्म एकेडेमीले सोमबार राजधानीमा एक समारोह आयोजना गरी म नामक फिल्म निर्माणको घोषणा गरेको छ।

फिल्म परिच्छेद सेनले निर्देशन गर्नेछन्। एकेडेमीका सीईओ प्रकाश पुरीले तयार पारेका कथामा बन्ने फिल्म भदौ पहिलो साता सुटिङ फ्लोरमा जानेछ। विजय लामा, सरिता लामिछाने, रेवती क्षत्री, कुसुम गुरुङ, रेविका गरुङ, अनिल क“डेल, संजोग रसाइली, बालकलाकार उनभ श्रेष्ठ र सम्पन्न ढकाल प्रमुख भूमिकामा रहने फिल्ममा पवन भट्टराई, श्यामसुन्दर घिताल, उत्तम राई, गौरव मल्लले पनि रहनेछन् भने विजय लामा र सरिता लामिछानेबाहेक फिल्ममा अभिनय गर्ने कलाकारहरू सोही एकेडेमीका विद्यार्थी हुन्। फिल्मको छायांकन सोही एकेडेमीका विद्यार्थी तेन्जिन पाल्देनले गर्नेछन्। फिल्ममा जितेन लेप्चाको गीत रहनेछ।

फिल्मका लेखक प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न पनि एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए। निर्देशक सेनले फिल्मलाई केही पृथक बनाउने प्रयास गर्ने बताए भने अभिनेत्रीद्वय कुसुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको फिल्ममा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्