प्रतिभाशाली सिर्जना, केटि भएर केटाको आवाज दुरुस्तै(भिडियो)



न्युज अफ नेपाल, काठमाडौँ ।
भनिन्छ भगवानले सबै मानिसलाई केहि न केहि प्रतिभा त दिएकै हुन्छन् तर पनि कसैसंग भने अलि विशेष प्रतिभा हुने गर्दछ । यस्तै विशेष प्रतिभाशाली व्यक्ति मध्ये की एक हुन् सिर्जना विश्वकर्मा ।

दाङ तुलसीपुर–१७ की सिर्जना हाल भर्खेरै १२ पास गरेकी छिन् । उनी सामान्य घर परिवारमा जन्मिएकी साधारण केटी हुन् । तरको भिडियो हेर्दा लाग्छ उनी कुनै निखारिएकी कलाकार हुन् । तर त्यसो भने पक्कै होइन । उनी निकै राम्रो गीत गाउने तथा अभिनय गर्ने गर्छिन । यति मात्रै त कहाँ हो र उनी एक केटी मान्छे भएर केटाको आवाजसमेत दुरुस्तै निकाल्न सक्छिन् । त्यो हामीले भिडियोमा प्रस्ट देख्न सक्छौँ ।

उनलाई हेर्दा सुन्दर भनेर जो कोहिले पनि चर्चा गर्न सक्छ । मिलेको जिउडाल, हँसिलो अनुसार देख्दा जो कोहिलाई पनि उनले आफ्नो नजरमा तान्न सक्ने अनुभव गर्न सकिन्छ ।

भविष्यमा कलाकार बन्ने लक्ष लिएकी सिर्जना हाल भने पढाईमै बढि लगनशील भएर अगाडि अगाडि बढ्ने बताउछिन् । उनले गाउँघरमा आफ्नो राम्रो चर्चा हुन् गरेकोसमेत कुरा गरेकी छिन् । गाउँको चर्चाले उनका आमा–बुवा पाि निकै खुशी हुने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्