सिटीलाई कम्युनिटी शील्डको उपाधि



लन्डन, (एजेन्सी) । म्यानचेस्टर सिटीले लिभरपुललाई पेनाल्टी शुटआउटमा हराएर यस सिजनको एफए कम्युनिटी शील्डको उपाधि जितेको छ । आईतबार वेम्बली रंगशालामा भएको खेल निर्धारित ९० मिनेट १–१ बराबरी भएपछि पेनाल्टीमा निर्णय गरिएको हो । जसमा सिटी ५–४ गोलअन्तरले जित्यो । यो सिटीको लगातार दोस्रो पटक उपाधि हो ।

यसअघि रहीम स्टरलिंगले १२औं मिनेटमा गोल गरेर सिटीलाई १–० ले अग्रता दिलाएका थिए । लिभरपुलका लागि ७७औं मिनेटमा वैकल्पिक खेलाडी जोएल मेटिपले गोल फर्काएर खेलमा फर्काए । तर पेनाल्टीमा भने लिभरपुल चुकेको थियो ।

प्रतिक्रिया दिनुहोस्