महिला सर



यो ‘सर’ यता उता सर होइन, सम्मानवाचन शब्द ‘सर’ अर्थात अंग्रेजीको एसआइआर हो । गएको बिहीबार सर्वोच्च अदालतको आँगनमा पनि यही शब्द बोलियो– पत्रकार सर । धरहरा देख्दै पुरुष, छाम्दै पुरुष, मनन गर्दै पुरुष भएका कारण ऊ त दंग पर्ने नै भयो, पत्रकार सर भनेको सुनेर, तर एक सयजति पत्रकारमध्ये करिब १० महिला पत्रकार पनि थिए, उनीहरुको अनुहार धरहराले हे¥यो । जब–जब वक्ताहरु ‘पत्रकार सर’ भन्थे, धरहरा पुलुक्क महिला पत्रकारको अनुहार हेथ्र्यो । तर, सबै महिला पत्रकार उदार देखिए, कसैले कत्ति पनि अनुहार बिगारेको देखिएन ।

प्रधानन्यायाधीशसहित पाँच–पाँच न्यायाधीश उपस्थित भएर पत्रकारलाई महत्व दिएको त्यस कार्यक्रममा महिलालाई बेवास्ता गरियो कसरी भन्ने, तर ‘सर’ सम्बोधनले महिलालाई पनि सम्मान पुग्छ भनेर कसरी मान्ने ? तरपनि धरहराले दुई आधार खोजेर चित्त बुझायो– पहिलो आधार मुलुकमा महिला राष्ट्राध्यक्ष हुनुहुन्छ, तर ‘पति’ भनिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी । यसोभन्दा हामीलाई कुनै असजिलो लाग्दैन भने, महिला पत्रकारलाई ‘सर’ भन्दा किन असजिलो मान्ने !

धरहरा अर्को आधारका कारण पनि कार्यक्रमका आयोजकहरु लैङ्गिक चेतनायुक्त भएको ठानिरहेको थियो । पाँच न्यायाधीश प्यानलिस्ट भएको लहरमा एक महिला न्यायाधीश हुनुहुन्थ्यो– मीरा खड्का । न्यायाधीश खड्काको उपस्थितिलाई कतिले २० प्रतिशत माने पनि वास्तवमा यो ३३ प्रतिशतभन्दा बढी थियो । सर्वोच्च अदालतको पूर्ण वैठकमा कुल तीन महिला न्यायाधीश हुनुहुन्छ, तीनमा एक यता आउनु भनेको ३३ त हो नि ! यति बढी महत्व दिएपछि महिलालाई पनि ‘सर’ भनेर के फरक प¥यो र, हैन ?

प्रतिक्रिया दिनुहोस्