साप्ताहिक राशिफलः साउन १९ देखि २५ गतेसम्म



मेषः
तपाईंका लागि यो साता उपलब्धिमूलक नै देखिन्छ । विविध वस्तु वा सेवा प्राप्ति होला । कार्य सफल हुनाले मन आनन्दित होला । राजनीतिकर्मीबाट फाइदा लिन सकिने देखिन्छ । स्वस्थता एवम् आनन्दको अनुभूति होला । धेरथोर आर्थिक लाभ पनि हुनसक्छ । इज्जत प्रतिष्ठा बढ्नेछ । तर शुक्रबार र शनिबार भने केही चिन्ता होला । कार्य बाधा, स्वास्थ्यमा गडबड हुन सक्छ ।
वृषः
साता धेरै शुभ फलदायक देखिन्छ । आज आइतबार पेटको समस्या, दौडधुप भए पनि बाँकी सबै दिन उपलब्धिमूलक छन् । कतैबाट धन–पैसा प्राप्तिको योग छ । यसले गर्दा आर्थिक समस्या समाधान हुनेछ । कुनै प्रतियोगिताहरुमा भाग लिएको भए जित्ने सम्भावना अधिक छ । प्रेमप्रसंगले पूर्णता पाउनेछ । जीवनसाथीको सहयोगले ठूलै काम बन्ला । आफन्तबाट सहयोग पाइनेछ ।
मिथुनः
यो साता तपाईंका लागि धेरै नराम्रो देखिँदैन । आज आइतबार धनलाभ, कार्य सफल हुनेछ भने त्यसपछिका दुई दिन त्यति सन्तोषजनक छैनन् । दिनचर्या अस्तव्यस्त हुने, मानसिक तनाव बढ्ने, अपच–झाडापखालाको सम्भावना देखिन्छ । सजग रहनुहोला । तर बुधबारदेखि बिस्तारै समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्यलाभ, आर्थिक लाभ, सुख–सन्तोष हुुनेछ । राज्यबाट लाभ हुनेछ ।
कर्कटः
तपाईंका लागि बुधबार र बिहीबाहेक साताका सबै दिन उत्तम फलदायक देखिन्छन् । साथीभाइ, इष्टमित्रबाट सहानुभूति प्राप्त होला । खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन पाउने सम्भावना छ । पेसा–व्यापारमा सफलता मिल्ला । परिवारमा समेत सुखानुभूति हुनेछ । तर बुधबार र बिहीबार भने अनेक उल्झन बेहोर्नुपर्ला । हुन लागेको काममा बाधा नहोला भन्न सकिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंहः
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु फलदायक नै देखिन्छन् । कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । प्रतियोगितात्मक कार्यमा विजयको संकेत देखिन्छ । धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना छ । समस्याको समाधान एवम् अधुरा कार्य पूरा होला । तर शुक्रबार र शनिबार भने काममा व्यवधान, स्वास्थ्य समस्या, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न ।
कन्याः
तपाईंका लागि यो हप्ता सुख–समृद्धिदायक छ । राज्यद्वारा दिइने सेवा–सुविधा प्राप्त हुने, राजनीतिक सक्रियता बढ्ने, व्यापार–व्यवसायमा लागेकाहरुलाई यथेष्ट फाइदा हुने, शारीरिक एवम् मानसिकरुपमा स्वस्थ भइनेछ । त्यस्तै बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुनाले व्ययभार थेग्न सहज हुने, सुख–सन्तोष हुनेछ । तर आज आइतबार भने केही अस्वस्थता र तनाव होला ।
तुलाः
तपाईंका लागि यस साताको सोमबार र मंगलबार त्यति राम्रो देखिँदैन । रोगव्याधि, चोटपटकको सम्भावना छ । तर बाँकी दिनहरु धेरै शुभ छन् । कहीँ–कतैबाट आर्थिक लाभ होला । खाद्यान्न, उपहारादि वस्तु प्राप्ति होला । बौद्धिक एवम् कूटनीतिक क्षमताको विकास होला । बुद्धि विवेकले ठूलै काम बन्ला । कार्य सफल, सुख–सन्तोष होला । व्यापारी भएमा राम्रै फाइदा होला ।
वृश्चिकः
तपाईंका लागि यो साताका धेरैजसो दिनहरु उत्तम फलदायक छन् । साताको शुरु र अन्त्यका दिनहरुमा धन प्राप्ति, खाद्यपदार्थ प्राप्ति, पुरस्कार÷उपहार प्राप्ति, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ । व्यापारमा सफलता हासिल होला । जोश–जाँगर बढ्नेछ । तर बुधबार र बिहीबार भने स्वास्थ्यमा समस्या देखिएला । साथीभाइ, इष्टमित्रसँग विवाद पर्न सक्छ, होसियार रहनुपर्ला । अधिक खर्च होला ।
धनुः
तपाईंका लागि साताका शुरुका दिनहरु धेरै उत्तम फलदायक छन् । धन लाभ, स्वस्थता, रोमान्टिक जमघट, रमाइलो वातावरण होला । उत्तम भोजन प्राप्ति, पुरस्कारको सम्भावना, सानो बोलीले ठूलो काम बन्ने देखिन्छ । आर्थिक उन्नति एवम् मान–सम्मान बढ्ला । व्यापारीलाई विशेष लाभ हुने सम्भावना छ । साताको अन्त्यमा भने व्यर्थमा खर्च, दौडधुप, दिनचर्या अस्तव्यस्त होला ।
मकरः
साताको शुरुको दिन आइतबार केही खर्च र सामान्य स्वास्थ्य समस्या आउने सम्भावना छ । तर बाँकी दिनहरु भने धेरै लाभदायक छन् । इच्छित कार्यहरु पूरा हुँदा मन प्रफुल्लित हुनेछ । व्यापार, ठेक्कापट्टा वा गरिरहेको व्यवसायले सफलताको सिँढी चढ्नेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नेतृत्व क्षमतामा वृद्धि हुँदा अरुहरु नतमस्तक हुनेछन् । इज्जत–प्रतिष्ठा नयाँ उचाइमा पुग्नेछ ।
कुम्भः
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । के गर्ने, के नगर्ने भनेर निर्णय लिन नसक्ने अवस्था आउन सक्छ । साताको मध्यभाग सोमबार र मंगलबार इष्टमित्रसँग विवाद पर्ला । रोगव्याधि, दुर्घटना, चोटपटकको भय छ । मंगलबारबाट भने समय शुभ छ । आफ्नो सेवा वा व्यवसायबाट आर्थिक लाभ हुनाले आर्थिक समस्या समाधान हुनेछ । बौद्धिक क्षमताको प्रयोगबाट राम्रै काम होला ।
मीनः
तपाईंका लागि साताका धेरैजसो दिन उत्तम फलदायक नै देखिन्छन् । साताको शुरु र अन्त्यका दिनहरुमा साथीभाइबाट सहयोग, धन, खाद्यपदार्थ, उपहार, मिष्ठान्न भोजन प्राप्ति होला । व्यापारमा सफलता हासिल हुनुका साथै हर्षोल्लास बढ्ला । पढाइ, लेखाइमा सफलता होला । तर साताको बीच बुधबार र बिहीबार भने रोगव्याधिको भय, विवादको सम्भावना देखिन्छ । होसियारी अपनाउनुपर्ला ।

प्रतिक्रिया दिनुहोस्