७ वर्षीय बच्चाको मुखमा ५२६ वटा दाँत



भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् । डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो ।

उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् । यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि हुन सक्ने भारतीय अनलाइन द हिन्दूले लेखेको छ ।

रविन्द्रन नाम गरेका ती बच्चाको दायाँ गाला सुन्निने र दुख्ने समस्या भएपछि उनका अभिभावकहरुले अस्पताल लगेका थिए । जाँचको क्रममा डाक्टरहरुले अस्वाभाविक संख्यामा दाँतहरु रहेको पत्ता लगाए ।

सविता डेन्टल कलेजको सर्जन डा. पी सेन्थिलनाथनले एक्स रे र सिटी स्क्यान गरेर हेर्दा धेरै दाँतहरु देखिए, जसको पूरा विकास भएको थिएन । त्यसपछि अपरेसन गरेर ती दाँतहरु निकाल्ने निर्णयमा डाक्टर पुगे ।

डा. सेन्थिलनाथनका अनुसार दाँतहरु मासुको भित्री भागमा थिए जुन बाहिरबाट देखिँदैनथे । बच्चालाई बेहोस पारेर उसको तल्लो बंगाराको भाग निकालियो । जसको तौल २ सय ग्राम थियो । त्योभित्र ठूला, मध्यम र साना आकारका ५२६ वटा दाँत थिए । भारतीय अन्लाईन

प्रतिक्रिया दिनुहोस्