पक्राउ दाबी



इस्लामावाद,(एजेन्सी) ।
पाकिस्तानी प्रहरीले पंजाब प्रान्तबाट एकजना भारतीय गुप्तचर पक्राउ गरेको विहिवार दाबी गरेको छ । प्रहरीले पंजाब प्रान्तको डेरा गाजी खान (डीजी खान) शहरबाट राजु लक्ष्मण नामका ति जासुसलाई पक्राउ गरिएको पुष्टि गरेको छ ।

पाकिस्तानी सरकारी संचार माध्यमले पनि बुधबार लाहौर शहर देखि करिव ४ सय किमिको दूरीमा रहेको डीजी खानको राखी गजबाट उनलाई पक्राउ गरिएको पुष्टि गरेको छ । प्रहरीका अनुसार बलूचिस्तान प्रान्तबाट डीजी खान आउँदै गर्दा उनी पक्राउमा परेका हुन् । थप अनुसन्धानको लागि उनलाई गोप्य स्थानमा लगिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्