नारा कसलाई ?



‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम इतिहासकै सफल, एक महिनाको अवधिमा एक लाख ७० हजार भन्दा बढीले बेरोजगारले रोजगार पाएकाले यो इतिहासकै सफल कार्यक्रम बन्या छ’–श्रम मन्त्री गोकर्ण विष्ट । यसैवर्ष पाँच लाख बेरोजगारले रोजगार पाउने भएकाले कार्यक्रमले छिटै ठूलो छलाङ मार्ने उनको तर्क छ ।

१३ अर्ब ऋण लिएर अभियान सफल बनाउने ध्यानचित्तमा सरकार जुट्या छ । त्यसो भएसी सरकार यसै सफल उसै सफल । उता गण्डकी प्रदेशका सांसदले सुन जडित धातुको लोगो पाएका छन् । लोगो प्रतिगोटा ६ हजार ५ सय रुपियाँ हाराहारीको भएको बताइएको छ । सुनकै लोगो पाउने गरी त्यहाँका सांसदले त्यस्तो ठूलो छलाङ के मारे कुन्नी, यसो बुझ्न पाए हुन्थ्यो । प्रदेश २ र अन्य प्रदेश प्रदेश मन्त्री र पदाधिकारीलाई विलासी गाडी किन्ने दौडमा जुट्या छन् ।

सफलताका यस्तै अनगिन्ती चर्चा चलिरहँदा सत्ता पक्षिय नेता निकै थकित भएर हो क्यार आराम गर्न विदेश पुग्या छन् । नेकपा नेता प्रचण्ड यही साता सपरिवार आराम गर्न युएई पुगे, उनी फर्किए लगत्तै पीएम ओली सिंगापुर उड्न रेडी भा’छन् । संघ र प्रदेशका सांसद पनि स्वदेशमा भन्दा बढी विदेशतिरै दौडिएको देखिन्छ ।

तर धरहराले बुझ्न नसक्या कुरो सरकारले अघि सा¥या ‘पहिला देश अनि विदेश’ भन्ने नारा चाहिँ कस्का लागि हो कुन्नी ?

प्रतिक्रिया दिनुहोस्