जन्म दिनमै कविता संग्रहको जन्म



जन्म दिन मनाउँदा अरु मानिसहरु घरमा आफन्त जम्मा पार्छन् । भोज खान्छन् । नसा लाग्ने पदार्थ सेवन नगरि जन्म दिन माइदैन भन्ने चलन भएको स्थानमा व्यावसाय संचालन गरेर बस्नु भएका सृजना अर्याल अधिकारीले आफ्नो जन्म दिनमा कविता संग्रहको जन्म दिनुभएको छ ।

म नेपाल आमा खुसी देख्न पाऊँ
सबै देसबासी सुखी देख्न पाऊँ
ल साथीहरु हो ! कुनै मार्ग खोज
कहाँ के गरुँ ? त्यो मलाइ नसोध ।
जिल्लामा रहेका अगुवा साहित्यकारहरु, काठमाण्डौलाई कार्यथलो बनाएका साहित्यकारहरुको जमघट पारेर आफ्नो जन्म दिनको अबसरमा प्रगतिशिल साहित्यकार तथा कवयित्री अर्यालको सुनको पिँजडा नामक पुस्तकको एक समारोहका विच विमोचन गरिएको छ ।

बोक्दै पीडा छटपट गरी बााच्नुपर्दैछ मैले
पुछदै आँखा मनमन रुँदै हास्नुपर्दैछ मैले
के विसूँ खै सबतिर उहि सम्झना सल्बलायो
मात्रै तिम्रो हर तरहको याद बल्झेर आयो
मानवता र मानवताबाद, जन्मभूमि र देशको महिमा गान, राष्ट्रबाद, समाजका विभेदहरुको चिरफार, प्रगतिशिल सन्देश, महिलामाथी हुो विभेद र समानताका लागि आवाजहरु कवितामा समेटिएका छन् ।

ल्यायौ जंगलबाट अजाज यसरी पासो लगाईकन
राख्यौ भित्र अमूल्य स्वर्ण पिंजडा साँचो लगाईकन
ख्वायौ अन्न र भोजनादि कति हुन् नाना र चाचा कति
सारा कर्म गर्यौ म स्वर्णपिंजडा भित्रै रमाउँ भनी ।
प्राध्यापक राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा भएको पुस्तक विमोचन समारोहमा ५४ कविता समेटिएको सुनको पिँजडा विमोचन गरिएको थियो । कार्यक्रममा वरिष्ट साहित्यकार नरनाथ लुइटेल, प्राध्यापक डा. रामचन्द्र लम्साल, लिलानाथ पौडेल, प्राध्यापक रामहरी लम्साल, होम सुवेदी, कोषराज न्यौपाने लगायतले पछिल्लो पुस्तामा छन्द कवितामा वेजोड प्रस्तुती गर्न सक्ने क्षमता भएकी कवयित्री अर्याललाई शुभकामना दिनुभएको थियो ।

चिसा रात गरीबका घर कठै छानो चुहेको पल
न्यायो छैन कतै र छैन डसना तातो लुगा कम्बल
कक्र्यो ज्यान असाध्य लाग्छ ठिहिरो झैँ दन्त कट्काउने
काप्छन् हात र ओठ थर्थर गरी जाडो नआए हुने ।
२०७२ को भूकम्प पछि देश प्रेम, साँस्कृतिक रुपान्तरण, दुख, पिडा समेटिएका सबै कविताहरु ११ किसिमका छन्दमा लेखिएका छन् । जन्म दिनको अबसर पारेर आफ्नो कविता संग्रह विमोचन गर्न आउनुभएका वरिष्ठ साहित्यकारहरुलाई छन्दमा लेखिएका कविताहरु समेत सुनाउनुभएको थियो ।

हिमाल मेरो र मधेश मेरो
पहाड मेरो र स्वदेश मेरो
थारु र भोटे खस या मिजार,
बस्छौँ सब यो घरमा मिलेर

प्रतिक्रिया दिनुहोस्