तीजलाई सहिमाको हर हर महादेव



हिन्दू नारीको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा गायिका सहिमा श्रेष्ठले पनि तीज गीत सार्वजनिक गरेकी छिन्। सहिमाले हर हर महादेव बोलको गीत राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरेकी हुन्।

उनले गीतमार्फत यो वर्षको तीजमा केही त होला कि भन्ने आशय व्यक्त गरेकी छिन्। गीतमार्फत गायिका सहिमाले कयौं तीजमा व्रत बस्दा पनि कोही साथी नभेटिएको भन्दै यो वर्षको व्रतले शिरमा सिन्दुर भरिदिने कोही आइदेऊ भन्दै आग्रह गरेकी छन्। गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत र अमर वान्तुले शब्द सिर्जेका छन्।

कृष्ण पुनको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा अभिनेतृ नीता ढुंगाना प्रमुखरूपमा फिचर्ड छिन्। उनीस“गै गायिका श्रेष्ठले पनि गीतमा कम्मर मर्काएकी छन्। सुयोग्य पति माग्दै हरेक वर्ष तीजमा व्रत बसेको युवतीको कथा गीतमा उतारिएको छ। गीतको भिडियो अभिनेतृ पवित्रा आचार्यले निर्देशन गरेकी हुन्। यसको कोरियोग्राफी पनि उनैले गरेकी छिन्। सहिमाले हर हर महादेव बोलको गीतलाई पनि दर्शकले अघिल्ला तीज गीतझैं रुचाउने विश्वास व्यक्त गरेकी छन्। दिव्य सुवेदीको छायांकन रेहको भिडियोमो सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

सोही अवसरमा तीज गीतस“गै आधुनिक गीति अडियो एल्बम अमर भावना–२ समेत सार्वजनिक गरिएको छ। कार्यक्रममा एल्बममा समावेश एक आधुनिक गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ। वसन्त निरौलाको निर्देशन तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको तिम्रो शहर बोलको गीतमा गायिका सहिमा श्रेष्ठको स्वर तथा दीपक शर्माको संगीत छ भने गीतकार अमर वान्तुका शब्द छन्। गीतको भिडियोमा नायक अनुपविक्रम शाही र नायिका आ“चल शर्माले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्