शिवहरि लक्का जवान बनाउँदै



लोकप्रिय अभिनेता तथा टेलिफिल्म निर्देशक शिवहरि पौडेलले अब ठूलो पर्दाको फिल्म निर्देशन गर्ने भएका छन्। राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै उनको निर्देशनमा बन्ने फिल्म लक्का जवान निर्माणको घोषणा गरिएको छ।

कार्यक्रममा ख्यातिप्राप्त हास्य जोडी मह जोडीले लक्का जवान लेखिएको छाता खोलेर सो फिल्म निर्माणको शुुरुआत गरेका थिए। फिल्ममा कथा, पटकथा र संवाद पनि शिवहरिकै रहनेछ। कार्यक्रममा फिल्मका कार्यकारी निर्माता किरण केसीले दाल भात तरकारीको काम भइरह“दा अभिनेता दिलीप रायमाझीले फिल्म निर्माणको प्रस्ताव राखेबमोजिम लक्का जवान निर्माण गर्न लागेको बताए। ‘दिलीप भाइले अमेरिकाबाट फर्केपछि मिलेर एउटा फिल्म बनाउ“, निर्देशनचाहि“ शिवहरि पौडेल दाइ र तपार्इंले गर्नपर्छ भन्नुभएको थियो।

दाल भात तरकारी सकेर अर्को फिल्म बनाउ“ला भन्ने सल्लाह भएको थियो त्यहीअनुरूप नै यो फिल्म निर्माण गर्न लागिएको हो’, केसीले भने– ‘शिवहरिको विभिन्न टेलिफिल्म, नाटक, सडक नाटक, फिल्म आदिमा खेलेको र निर्देशन गरेको अनुभव छ। फिल्म निर्देशन गर्न अफर गर्दा सहर्ष स्वीकार्दै करिब ८ महिना मेहनत गरेर कथा, पटकथा तथा संवाद लेख्नुभएको छ।’ शिवहरि पौडेलले अरूको फिल्ममा काम गर्दा जति सजिलो हुन्छ, आफैंले निर्देशनको काम अघि बढाउँदा निकै कठिन अनुभव गरेको बताए। ‘हुन त १२ वर्षसम्म टेलिफिल्म जिरे खुर्सानी निर्देशन गरेको अनुभव छ। तर, टेलिफिल्मभन्दा अलि फरक भएकाले फिल्म निर्देशनको तयारी गर्दै गर्दा बेग्लै खालको छटपटी भइरहेको छ’, मह जोडीका साथ आफ्नो कलायात्रा सघाउनेहरूलाई सम्झँदै पौडेलले भने– ‘हास्यव्यंग्य फिल्मले सफलता पाइरहँदा हामीमाथि बेला–बेलामा प्रहार पनि हुने गरेको छ। तर, त्यसलाई सामान्यरूपमा लिई अगाडि बढिरहेका छांै। मह जाडीले हास्यव्यंग्य फिल्मको जग बसाउनुभयो, हामी त्यही बाटो पछ्याउँदै आइरहेका छौं।’

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठले लक्का जवान टिमलाई शुभकामना दिँदै आफू शिवहरिसँ“ग विभिन्न प्रहसनमा सहकार्य गर्दै आएको चर्चा गरे। ‘शिवहरि पहिला आफू हास्ने र पछि अरूलाई हँसाउने कलाकार हो। शालिक प्रहसनदेखि ह“साएको उसले अहिलेसम्म पनि हँँसाएको हँ“साएकै छ। फिल्म निर्देशनका लागि उसलाई आशिर्वाद छ।’ –उनले भने। अर्का हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले शिवहरिले रंगमञ्च र टेलिफिल्ममा लामो अनुभव बटुलेकाले फिल्ममा पनि राम्रो गर्न सक्ने विश्वास व्यक्त गरे। ‘शिवहरिस“ग रंगमञ्चदेखि विभिन्न ठाउ“मा हामीले सहकार्य गरेका छौं। जहा“ शिवहरि हुन्छ, त्यहा“ मानिसले छिनछिनमा हा“स्नका लागि मुख बाहाइरहन्छन्। शिवहरि भाइ ऊर्जावान् कलाकार हुनुहुन्छ। त्यस कारण उहा“ले निर्देशन गरेको फिल्म राम्रो हुनेछ भन्ने विश्वास छ’, उनले भने– ‘अहिले हास्य प्रधान फिल्महरू चल्छन् भन्ने प्रमाणित भएको छ। एक हिसाबले सेलाइसकेको फिल्म उद्योगलाई हास्य प्रधान फिल्मले स्थापित गरेको छ। यो फिल्म खेल्न मलाई पनि अफर आएको थियो तर कारणवश गर्न पाइन“। उहा“को लेखन र निर्देशनको अर्को फिल्ममा काम गर्ने अवसर प्राप्त हुनेछ भन्ने लाग्छ। मैले उहा“लाई मह सञ्चारबाटै निर्माण गर्ने गरी फिल्मको विषयवस्तु ल्याउन अनुरोध पनि गरेको छु।’ शिवहरिले भने हरिवंशले मह सञ्चारबाहेक बाहिरको फिल्ममा काम नगरेको र यो फिल्ममा काम गरे अन्य फिल्ममा पनि खेल्नुपर्ने बाध्यताका कारण समय दिन नसकेको खुलाए।

आमा बगलामुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मको फिल्मका निर्माता धु्रव वन्त तथा अनुसुया श्रेष्ठ वन्त रहेका छन् भने कार्यकारी निर्माता किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल रहेका छन्। फिल्ममा दिलीप रायमाझी, सलोन बस्नेत, किरण केसी शिवहरि पौडेल, राजाराम पौडेल, जयनन्द लामा, रमेश केसी ‘मट्टारे’, सुरेन्द्र केसी, धनीराम मुस्कान, सुशील पोखरेल, प्रियंका कार्की, वर्षा शिवाकोटी, मनीषा श्रेष्ठ, सविता गुरुङ, अञ्जु महर्जन, डोल्मा शेर्पालगायतले अभिनय गर्नेछन् भने संगीत बाबुल गिरी तथा गायन बाबुल गिरीको साथमा मीना निरौला र जुनु रिजाल, गीत बीपी खनाल, कोरियोग्राफी कविराज गहतराज, छायांकन पुरुषोत्तम प्रधान र सम्पादन मित्र डी गुरुङको रहनेछ। आगामी भदौको पहिलो सात सुटिङ फ्लोरमा जाने फिल्म चैत ७ गते रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्