शव फेला



नयाँदिल्ली,(एजेन्सी)
भारतको अति चर्चित कफी चेन क्याफे कफी डेका मालि भि जि सिद्धार्थको शव दक्षिणी शहर मैंग्लोर स्थित एउटा नदी नजिक फेला परेको बुधवार प्रहरीले जनाएको छ ।

ड्राइभरलाई कार रोक्न लगाएर एक्लै हिँडेर गए यता सोमवार देखि उनी वेपत्ता भएक थिए । ५९ वर्षिय मिलनार स्वभावका उनको शव मंगलवार स्थानिय माझीहरुले नेत्रावती नदी किनार फेला पारेका हुन् । अस्पतालमा सिद्धार्थको शवलाई उनको परिवारले सनाखत गरेको छ । उनी वेपत्ता भएपछि हाल मन्दी तर्फ गुज्रिरहेको उनको कम्पनीको आपतकालिन बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्