जुडो टोली चीन जाने



काठमाडौं, (नेस) ।
प्रोग्राम वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार चीनको झिनहुवा जाने भएको छ । अगष्ट ३ र ४ तारिखमा हुने प्रतियोगितामा समान १–१ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठ तथा महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ रहेका छन् । प्रशिक्षकमा सूर्यनारायण श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्