विश्वकपको होम खेल अवेमा खेलिने



नेपाल समाचारपत्र, काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आपतकालीन समितिको बैठकमा विश्वकप २०२२ छनोट चरण तथा अन्य विषयबारे निर्णय लिएको छ ।
मंगलबार बसेको एन्फाको बैठकमा अध्यक्ष कर्मा छिरिङ शेर्पाले विश्वकप छनोट चरणमा नेपालले होम खेल नखेली अवे खेल पहिले खेल्ने निर्णय लिएका छन् । दशरथ रंगशालामा अझै खेल्न नसकिने अवस्था भएकोले नेपालले पहिलो ३ होम खेल खेल्नुको सट्टा अवे खेल खेल्ने निधो गरियो ।

एशियाली फुटबल महासंघले प्रकाशित खेलतालिका अनुसार नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग, सेप्टेम्बर १० मा चिनियाँ ताइपेइसँग र १५ अक्टोबरमा जोर्डनसँग होम खेल खेल्ने कार्यक्रम रहेको छ । यी तीन होम खेल कहाँ र कसरी खेलाउन भन्ने विषयमा एन्फाको बैठकमा व्यापक छलफल भएको थियो । त्यस्तै १९ नोभेम्बरमा हुने होम खेल कुवेतविरुद्ध पनि कुवेतमै खेल्ने योजनामा रहेको छ ।

बिश्व फुटबल महासंघको सहयोगमा एन्फाद्धारा संचालित फिफा ग्रासरुट ईन्फ्राईष्ट्रक्चर डिएफए प्रोग्रामअन्तर्गत ४५ जिल्ला फुटबल संघहरुलाई अनुदान प्रदान गरी भौतिक पूर्वाधारहरु निर्माण गर्न पहाडी जिल्लाहरुलाई १० लाख दिएको जनायो । त्यस्तै ५ लाख तराईका जिल्लामा अवस्थित जिल्ला फुटबल संघलाई अनुदान सहयोग प्रदान गरिएको जनायो ।

बिश्व कप २०२२ को छनौट चरण तथा एएफसी एशियन कप २०२३ प्रारम्भीक संयुक्त रुपमा संचालन हुने, दोश्रो चरणको छनौट प्रतियोगिता र १३औ साग गेम्सको लागि नेपाली राष्ट्रिय पुरुष तथा महिला राष्ट्रिय फुटबल टिम तयारी तथा प्रशिक्षण संचालन गर्ने लगाएत एएफसीको कार्यक्रम अनुसार अक्टोबरमा ईरानमा संचालन हुने एएफसी फुटसल च्याम्पियनशिप २०२० तुर्कमिनिस्तानमा सहभागी हुने नेपाली राष्ट्रिय फुटसल टिमलाई आवश्यकता अनुसार मैत्रीपूर्ण खेलमा सहभागी हुन र राष्ट्रिय फुटसाल टिम तयारी गर्ने निर्णय गरीयो ।

साथै अगामी सेप्टेम्बरमा आयोजना हुने साफ यु १८ च्याम्पियनशिप फुटबल प्रतियोगिता हल्चोक रंगशाला आयोजना गर्ने कार्यक्रम पारीत गरी उक्त प्रतियोगितामा नेपाली युवा टिम सहभागी गराउने र अगष्टमा भारतमा आयोजना हुने साफ १५ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाली युवा टिम र अक्टोबरमा भुटानमा संचालन हुने साफ यु १५ वुमेन्स च्याम्पियनशिप फुटबल प्रतियोगितामा सहभागी हुन आवश्यक प्रशिक्षण तथा तयारी गर्ने निर्णय गरीएकोछ ।

विवेकलाई हटाइयो
नेपाली राष्ट्रिय फुटबल टिम तथा बिभिन्न उमेर समुहको टिममा एथलेटिक्स ट्रेनरको कार्य गर्दै आएका ट्रेनर बिवेक बिक्रान्त अधिकारीबाट भएको कार्यबारे प्राप्त प्रतिवेदनको आधारमा उनलाई जिम्मेबारीबाट मुक्त गरियो । विवेकले गत असार ९ गते नेपाली टोलीका गोलकिपर किरण चेम्जोङको अनुहारमा तातो चियाले छ्यापेका थिए । किरणलाई चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्