भागबन्डाको शुत्र



‘पार्टीले जिम्मेवारी दिएको खण्डमा स्कूल विभागको जिम्मेवारी लिन तयार छु, प्रधानमन्त्री भएर देशै चलाइसक्या मान्छे हुँ, स्कूल विभागको जिम्मेवारी त्यसै चलाइहाल्छु’–मंगलबार नेकपाका बरिष्ठ नेता खनालले झापातिर यस्तै दावी ग¥या सुनियो । मुटुमाथि ढुंगा राखी उनले दोहो¥याए–‘विभाग मलाई दिएपनि हुन्छ, ईश्वर पोखरेल र नारायणकाजीलाई दिएपनि आपत्ति छैन ।’

‘मलाई दिएपनि हुन्छ’ भन्नुको अर्थ मै योग्य हो, अरु त गौण हुन् भन्न खोज्या हैन र भन्या ? कम्रेडलाई राष्ट्रपति हुने मोहको खुलम खुला खुलासा पनि झापा पुगेरै भाथ्यो क्यार । वर्तमान राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा भइराख्या बेला पनि त कम्रेडले ‘राष्ट्रपति हुन मै योग्य छु, अरुलाई दोहो¥याइरहनु पर्दैन’ भन्या कुरो धरहराले विर्सिया छैन ।

कम्रेडको भित्री रहर झापा पुगेर खुलासा हुने तर पद पाउने बेलामा हात्ति आयो हात्ति आयो फुस्सा हुने रोग दोहोरियो भने त मजा भएन है ! नेकपाको स्कूल विभाग टुङ्गो लगाउन बरु स्कूल विभागलाई नै तीन चार विभागको भागबन्डा गरे हुन्न र भन्या ? बरिष्ठहरुका लागि पीएचडी विभाग, अर्ध बरिष्ठहरुलाई कलेज र कनिष्ठहरुका लागि स्कूल विभाग बनाए त टन्टै साफ हुन्थ्यो । नेतालाई पद पनि पुग्ने बरिष्ठहरुको कित्ताकाट पनि हुने ।

प्रतिक्रिया दिनुहोस्