प्रदेश १ मा दुई वर्षमा ४४ जना भ्रष्टचारी पक्राउ



विराटनगर ।  प्रदेश १ मा दुई वर्षमा ४४ जना भ्रष्टचारी पक्राउ परेका छन । इटहरीस्थित अख्तियार दुरुपयोग अनुशनधान आयोगका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा घूस रकमसहित रंगेहात पक्राउ गर्न अख्तियारले १८ वटा स्टिङ अप्रेसन गरेकोमा २४ जना रंगेहात पक्राउ परेका हुन ।

अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालका अनुसार घुससहित रंगेहात पक्राउ पर्ने सरकारी कर्मचारी र चिकित्सकहरू छन् । अख्तियारको अभिलेखअनुसार घुस रकमसहित रंगेहात पक्राउ पर्नेको संख्यामा वृद्धि भएको छ । आयोगका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा १६ वटा स्टिङ अप्रेसन गरेकोमा २० जनालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको अभिलेखमा देखिएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा ४ जना बढी हो ।

इटहरीस्थित आयोगमा विभिन्न माध्यमबाट गत आर्थिक वर्षमा १ हजार ७ सय ८६ वटा प्राप्त कुल उजुरीहरूमध्ये प्रारम्भिक छानबिनबाट ९ सय २१ वटा फछ्र्यौट भएको छ । जसमा ८ सय ६५ वटा जिम्मेवारी सरेर चालू आर्थिक वर्षमा आएको आयोगले जनाएको छ । प्रारम्भिक उजुरीमा अघिल्लो आर्थिक वर्षबाट ५ सय ६० वटा जिम्मेवारी सरेर र आर्थिक वर्षमा १ हजार २ सय २६ वटा उजुरी आयोगमा आएको थियो ।

विस्तृततर्फ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको ६३ र आर्थिक वर्षमा ४७ वटा नयाँ गरी ०७५/७६ मा १ सय १० वटा उजुरी इटहरीस्थित आयोगको कार्यालयमा दर्ता भएको अभिलेखमा देखिन्छ । जसमध्ये ३९ वटा अनुसन्धान पूरा गरी अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पठाएकोमा आर्थिक वर्षमा ९ वटा अख्यितारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्यितार छ ।

इटहरीस्थित आयोगले घूससहित पक्राउ गरेका र उजुरी परेकामाथि अनुसन्धान पूरा गरी केन्द्रीय कार्यालयमा पठाउने गरेको अख्तियारको केन्द्रीय कार्यालयले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको छ । अख्तियारले घूसखोरलाई रंगेहात पक्राउ गर्न सेवाग्राहीको भेषमा स्टिङ अप्रेसन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्