आइटममा क्या बात छ



प्रथम नायिका भुवन चन्द थापाद्वारा निर्मित फिल्म साइनोको आइटम गीत क्या बात छको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। मीना निरौलाको स्वर रहेको क्या बात छ बोलको यो गीतमा शब्द यमन सुवेदी र र संगीत किरण भुसालको छ।

गीतमा नायिका नीता ढुंगानाले आकर्षक नृत्य गरेकी छिन्। साथमा नायक राजकुमार र राजाराजेन्द्र पोखरेल पनि छन्। चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको डेब्यु निर्देशन रहेको साइनोमा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन चन्द थापा, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजाराजेन्द्र पोखरेल, रेगन क्षत्रीलगायतका कलाकारले अभिनय गरेका छन्। आगामी साउन २४ गते अल नेपाल रिलिज हुने फिल्म अभिमन्यु निरबीले लेखेका छन्।

शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन र बनिश शाहको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्