मपाईँ मोह



‘कसैले तपाईँ भन्नु छैन आफैं मपाईँ’–यो नेपाली उखानको धेरै बखान जरुरी छैन । मपाईँको भिख माग्नेहरु कति छन् भनिसाध्य छैन । दुई पैसाको काम छैन चार पैसाको फूर्ती भनेझै मपाईँ दावी गर्नेहरु पाइलै पिच्छे भेटिन्छन् भन्या । राजनीतिमा त झन् कति हो कति, टोले नेता पनि आफूलाई निकै बरिष्ठ भनिमाग्न रुचाउँछ ।

जेलनेल भोग्या नेताहरुको त कुरै नगरम्, उनीहरु अर्कैग्रहका भैसके । ‘तपाईँ’, ‘फलानाज्यू’ जस्ता शब्द भन्दा अझ विशिष्ठ शब्दले पुकारियोस भन्नेहरुको चर्चा जति गरेपनि कमै हुन्छ । नेकपा अध्यक्ष प्रचण्ड त्यहि कित्ताका हुन् भन्दा फरक पर्दैन । सोमबारको उनको तर्क सुन्दा धरहरा मात्रै होइन आमनेपाली तीनछक प¥या छन् ।

सशस्त्र द्धन्द्धकालिन मुद्धासँग जोडेर कसैले आफूलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ पु¥याएको खण्डमा आफू विश्वकै हिरो बन्ने उनले दावी गरेसी छक्क नपर्ने कुरै भएन । ‘हेग लगे हुन्थ्यो तर मलाई लैजालान् जस्तो लाग्दैन, लगे भने संसारले चिन्छ म विश्वकै हिरो भएर निस्कन्छु’–बर्हिगमित सेनाले द्धन्द्धकालका नेतालाई हेग पु¥याउने चेतावनी दिएको केही दिन लगत्तै उनले दावी गरे ।

धरहराले बुझ्न नसक्या कुरो, चिनियाँ राष्ट्रपति सी, मलेसियाका प्रधानमन्त्री महाथिर, आधुनिक सिंगापुरका ली क्वान यु, रसियाका पुटिन जस्ता नेता हेग पुगेर विश्व चर्चित भा हुन् र भन्या ? सन् १९६०को दशकसम्म निकै विपन्न भनिएका इजरायल, दक्षिण कोरिया जस्ता मुलुक पनि हेगको दर्शन गरेर अहिलेको अवस्थामा आएका हुन् कि ?

प्रतिक्रिया दिनुहोस्