फिल्म बनाउन निकै गा¥हो रहेछ भुवन चन्द थापा



१५ वर्षकै कलिलो उमेरमा नेपाली भूमिमा बनेको पहिलो नेपाली फिल्म आमामा नायिका भएपछि भुवन चन्द थापा नेपाली फिल्मकी प्रथम नायिका भइन्। २०२२ सालको आमाअधि नै उनले २०१० सालमा बालकृष्ण समको नाटकबाट बाल कलाकारका रूपमा अभिनय आरम्भ गरेकी थिइन्। त्यसपछि उनले निरन्तर अभिनय नृत्य र गायनमार्फत कला क्षेत्रलाई पछ्याइरहिन्।

कला क्षेत्रलाई हेयको दृष्टिले हेरिने त्यो समयमा पनि उनले फिल्ममा अभिनय गर्ने आँट गरिन्। हिजो आज भोलिमा शीर्ष भूमिकामा काम गरेकी उनले मनमन्दिर, सीमारेखा, नेपाली बाबु, दुई थोपा आँसु, तीन घुम्तीलगायत करिब तीन दर्जन फिल्म तथा टेलिफिल्ममा अभिनय गरेकी छिन्। जसमध्ये सीमारेखा र मनमन्दिरमा आफूले गरेको अभिनय उनलाई निकै मन पर्छ। भुवन चन्दले यस बेला साइनो नामक फिल्म निर्माण गरेकी छिन्। उनै भुवनसँग विविध विषयमा गरिएको कुराकानी यहाँ प्रस्तुत छः

रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?
अहिले मेरो निर्माणमा बनेको फिल्म साइनोको प्रमोसनको दौडधुपमा व्यस्त छु।

तपाइं नेपालकै पहिलो नायिका बल्ल आएर फिल्म निर्माण गरिरहनुभएको छ। किन यति लामो सममयपछि फिल्म निर्माणमा हात हाल्नुभयो ?
मैले धेरै नाटक र फिल्म खेलें। केही समयअघि दाजुभाइहरूस“ग मिलेर चन्द्रविनायक फिल्म प्रोडक्सन खोलेका थियौं। त्यसबाट फिल्म बनाऔं न त भनेर बनाएको हो। कुनै पनि काम गर्नका लागि समय आउनुपर्दो रहेछ जुराउन पर्दो रहेछ समय आएकाले गरिएको हो।

अभिनय गर्न र फिल्म निर्माण गर्न कुन सजिलो रहेछ ?
फिल्म खेल्न धेरै सजिलो नि। फिल्ममा आमा, हजुरआमा के बन्ने हो, त्योअनुसार काम गरिन्छ। डाइरेक्टरले यसो गर्नुस् भनेको आधारमा अभिनय गरे हुन्छ। अभिनयमा मात्र ध्यान दिए पुग्छ। तर, फिल्म निर्माणमा नै हात हालेपछि धेरै कुरामा आफूले विचार पु¥याउनुपर्छ।

फिल्म निर्माणका कठिनाइ के–के रहेछन् ?
फिल्म निर्माण गर्नु आफैंमा गाह्रो काम रहेछ। सम्पूर्ण कुराको व्यवस्थापनमा लाग्नुपर्छ। कथादेखि लिएर डे«स कलाकार आदि सबै कुरामा ध्यान दिनुपर्छ। कथामा कस्तो काम गरेको छ, यदि चित्त बुझ्दैन भने कथा लेख्ने भाइलाई मेहनत गर भन्नुपर्छ। भनेको पनि छु। किनभने भुवन चन्दले बनाएको फिल्म भनेपछि केही त हुनै प¥यो। त्यस्तै ड्रेस कस्तो बनाउने भन्नेमा ध्यान दिनुपर्छ। बढी भल्गारिटी हुनुहुन्न भन्ने कुरामा ध्यान दिएको छु। लुगा ओपन त हुनुपर्छ तर समाजलाई नपच्ने खालको हुनुहु“दैन भनेर सबै कुरामा आफैं लागें। हुन त पैसा मात्र खन्याएर आनन्दस“ग बस्ने निर्माता पनि हुन्छन्। तर, मेरो यो क्षेत्रमा लामो समयको अनुभव भएकाले त्यसरी बस्न सकिन“। फिल्म निर्माण गर्दा धेरै मगज खियाउनुपर्दो रहेछ।

केही कुरामा सजिलो पनि महसुस भयो कि ?
म प्रथम नायिका भएकाले कलाकारदेखि लिएर अन्य व्यक्ति मेरो फिल्ममा काम गर्न पाउ“दा खुसी भएर साथ र सहयोग गरेका छन्। त्योचाहि“ सजिलो भयो।

तपाईंले एउटा प्रमोसनल कार्यक्रममा आफैैंले फिल्म खेल्न फिल्म निर्माण गर्नुभएको बताउनुभयो। के यो सा“चो हो ?
अहिलेका फिल्ममा पहिले–पहिलेको जस्तो आमा, सासू, हजुरआमाको रोल कमै बन्छन्। त्यसमाथि पनि कलाकारको आ–आफ्नो ग्रुप हु“दो रहेछ। त्यसो हुनु नराम्रो कुरा होइन। यस्तो ग्रुप हु“दा बनेको फिल्मको रोल पनि आफ्नै ग्रुपभित्रका व्यक्तिले पाउ“दा रहेछन्। म कुनै पनि ग्रुपमा आबद्ध नभएका कारणले खासै फिल्म नपाउने र कलाकारिताबाटै पलायन हुने अवस्था देखें। आफ्नो फिल्म प्रोडक्सन कम्पनी भएपछि यहा“बाट बन्ने फिल्ममा पनि आफ्नो नाम आउ“छ। यहींबाट भाइहरूले फिल्म निर्माण गरे भने दिदी भनेर अफर गर्न सक्छन्। यस कारण फिल्म क्षेत्रबाट पलाएन नहोेउ“ भनेर प्रोडक्सन हाउस खालेको हो। साइनोमा पनि सानो रोल खेलेको छु।

साइनो कस्तो फिल्म हो ?
साइनो विशुद्ध नेपाली फिल्म हो। ग्ल्यामर एक्सन, दुःख–सुख, हा“सो आदिले भरिएको मसालेदार फिल्म हो। जसमा सामाजिक घटना, क्षत्री–बाहुनलगायत समाजमा भएका जातपातको सम्बन्ध तथा समाजमा के–कस्ता कुरीति छन् र त्यसमा मानिसको कस्तो भूमिका हुनुपर्छ भन्ने कुरा समावेश छ। साथै समाजमा श्रीमान्–श्रीमती, प्रेमी–प्रेमिकाको मात्र नभई विभिन्न प्रकारका साइनो हुन्छन्, त्यसलाई कसरी निभाउने भन्ने कुरा छ। यसमा फिल्ममा हुनुपर्ने सबै मसला छ, तर भल्गारिटी छैन। सबै परिवार बसेर हेर्न मिल्ने फिल्म बनेको छ।

फिल्म क्षेत्रमा प्रविधिको विकास भए पनि कथावस्तुको कमी छ भनिन्छ तपाइंलाई के लाग्छ ?
हो अहिलेका फिल्महरूमा कथाको कमी छ तर प्रविधिको कमी छैन। पहिले हाम्रो पालामा थोरै फिल्म बन्थे भने कथा पनि राम्रो हुन्थ्यो। अहिले धेरै फिल्म बन्छन्। तर, २÷४ वटा फिल्ममा मात्र कथा भेटिन्छ। अहिले विशुद्ध मनोरञ्जन दिने र ह“साउने खालका फिल्म बनिरहेका छन्। तर, साइनो भने यीभन्दा फरक किसिमको फिल्म हो।

नाटकदेखि फिल्म क्षेत्रसम्मको यात्रालाई कसरी सम्झनुहुन्छ ?
मैले २०१० सालमा रंगमञ्चमा नाटक खेलेको थिए“। जुन बेला म ५÷६ वर्षको मात्र थिए“। त्यसपछि मैले धेरै नाटकमा अभियन गरें। धेरै कलाकरका साथमा विभिन्न स्थानमा नाटक खेन्न गए“। आलु र जेरीको भरमा हामी नाच्थ्यौं, गीत गाउथ्यांै र नाटक खेल्थ्यौं। यहीबीच २०१८ सालमा राष्ट्रिय नाचघरमा जागिर खान थालें। समय मिलाएर नाटकमा अभिनय गर्ने तथा गीतहरू गाउने गर्थें। २०२१ सालमा आमा फिल्म बनेपछि त्यसमा लिडिङ रोलमा अभिनय गरें। त्यसपछि नाटकहरूमा अभिनय गरें। वर्षमा एक÷दुई वटा फिल्ममा काम गरेर कला यात्रालाई निरन्तरता दिइरहेको छु।

नेपालकै प्रथम नायिका भए पनि पछि फिल्ममा त्यति सारो देखिनुभएन। यसको कारण के होला ?
म २०१८ सालदेखि नाचघरमा जागिर शुरू गरेर २०६२ सालमा रिटायर्ड भए“। जागिर खा“दा फिल्ममा काम गर्ने समय मिल्दैनथ्यो। बिदाको समय मिलाएर केही फिल्ममा चाहि“ अभिनय गरेको छु। वर्षको एउटा फिल्म त गरिरहेकै हुन्छु। कला क्षेत्रमा बाल्यकाल र जवानी बित्यो। अहिले बुढ्यौली लागेपछि पनि पलायन भइएला भनेर प्रोडक्सन हाउस खोलेको छु। फिल्मको संख्या कम भएको मात्र हो। तर, नाटकमा भने धेरै खेलेको छु। मलाई खास गरी फिल्मभन्दा पनि रंगमञ्चमा काम गर्दा आनन्द आउ“छ। रंगमञ्चमा दर्शकको अगाडि स्वतन्त्ररूपमा मन फुकाएर अभिनय गर्न पाइन्छ। तर, फिल्ममा त्यस्तो हु“दैन। फिल्ममा धेरै बाउन्ड्री हुन्छ।

पहिले र अहिलेको फिल्म क्षेत्रमा के फरक पाउनुभयो ?
पहिले र अहिलेमा प्रविधिले धेरै फड्को मारेको छ। पहिलेका फिल्ममा कथा हुन्थे, जुन अहिलेका फिल्ममा देखि“दैन। भूमिका नै नभएपछि अहिलेका फिल्ममा कलाकारको एक्सप्रेसन देखि“दैन। कलाकारले बडी शो गरेको देखिन्छ। पहिले पनि कला क्षेत्रलाई हेयको दृष्टिले हेरिन्थ्यो, अहिले बाहिरबाट राम्रो भने पनि पछाडि भने कुरा काट्ने गरेको पाइन्छ।

इतिहासः नेपाली भूमिमा बनेको पहिलो नेपाली फिल्म आमामा शिवशंकर मानन्धरका साथ भुवन चन्द।

तपाईंको जमाना र अहिलेको जमानामा फिल्म क्षेत्रमा आउनका लागि कत्तिको सहज छ ?
पहिले कला क्षेत्रमा आउन निकै गाह्रो थियो। कलाकारलाई हेयको दृष्टिले हेरिन्थ्यो। नाच्ने गाउने काम भनेपछि त्यो तल्लो स्तरको काम मानिन्थ्यो। यो क्षेत्रमा आउनका लागि घर र समाजबाट निकै संघर्ष गर्नुपथ्र्यो। मेरो बुबा उस्ताद स्व. भैरबवहादुर थापा कलाकार भएका कारणले मलाई घरबाट सपोर्ट थियो। तर, मावलीबाट भने हेयको दृष्टिले हेरिन्थ्यो।

तपाईंले काम गर्दा कलाकारको पारिश्रमिक कस्तो थियो ?
मैले फिल्म र नाटक खेलेर पैसा कमाइन“ केवल नाम कमाए“। त्यो बेला नाटक खेलेर पैसा पाउने कुरै थिएन। पछि फिल्ममा अभिनय गर्न थालेपछि पारिश्रमिक लिएको खासै याद छैन। तर, युवराज लामाको फिल्महरूमा काम गर्दा मैले राम्रो पारिश्रमिक पाएको छु। पछिल्लोचोटी प्रेमगीत–२ र मेरी मामुमा पनि राम्रो पारिश्रमिक पाए“। हालसम्म करिब तीन दर्जन फिल्म खेलें होला, तर मैले एक दर्जन फिल्मको पनि पारिश्रमिक पाएको छैन। कसैले मेरो पहिलो फिल्म हो दिदी यति गर्दिनुस् न भन्थे, कसैले पछि पैसा दिउ“ला भन्थे तर पछि दिएनन्। उनीहरूले दिए भने ठीकै छ। तर, फोन गरेर पैसा माग्ने मेरो बानी छैन।

महिला र पुरुष कलाकारबीचको पारिश्रमिकमा कत्तिको अन्तर छ ?
मैले त पैसा कमाइन“, तर अरू कलाकारको मैले देखेको छैन। सुन्न त क्यारेक्टर आर्टिस्टले एक÷डेढ लाख लिए रे⁄ हिरोले ५० लाख, हिरोइनले २०÷२५ लाख लिए रे भन्ने सुन्छु। भर्खरै मात्र एक जना हिरोइनको पनि यस्तै सुनेको छु। यसरी हाम्रो हिरो–हिरोइन र क्यारेक्टर आर्टिस्टले यति धेरै पारिश्रमिक पाउनु धेरै राम्रो कुरा हो। तर, आफूले त्यति नपाएको र अरूले लि“दा आ“खाले नदेखेका कारण यसै हो भन्न सक्दिन“ र कतिको फरक छ भनेर बोल्ने कुरा पनि हुँदैन ।

साइनोका महिला र पुरुष कलाकारबीच पारिश्रमिकको अन्तर कस्तो छ ?
मेरो फिल्ममा काम गर्न अफर गर्दा नीता ढुंगाना, मिरुना मगर, राजकुमार जस्ता कलाकार भाइबहिनीहरू खुसी हुनुभयो। उनीहरूले मलाई यति चाहिन्छ भनेर डिमान्ड नै गरेनन्। उनीहरूदेखि वसुन्धरा भुसालसम्मका कलाकारलाई काम सकेपछि तुरुन्तै खाममा राखेर आफ्नो हिसाबले उचित पारिश्रमिक दिए“। यस्तो कालाकार उस्तो कलाकार भनेर भेदभाव गरेको छैन।

फिल्म क्षेत्रमा आएर के पाए“ जस्तो लाग्छ ?
सबैभन्दा ठूलो कुरा नाम हो। मैले नाम कमाए“। जति फिल्म खेलें, नाचें, गीत गाए“, आफ्नो रहरले गरें। कला क्षेत्रमा लागेर नगरेको कुरा केही छैन। ५० वर्षअघि हामीले नाचेको गीतमा अहिले पनि मानिस नाचिरहेको देख्दा खुसी लाग्छ। आफूले सक्दो योगदान कला क्षेत्रलाई दिएको छु। यसको कदर गर्छन् कि गर्दैनन्, यसमा मैले पीर–दुःख मानेको छैन। अहिले पनि यही क्षेत्रलाई निरत्नरता दिइरहेको छु र दिई नै रहनेछु।

फिल्म निर्देशन गर्ने सोच पनि छ कि ?
ओहो⁄ छैन। त्यो धेरै गाह्रो काम हो। फिल्म निर्माण गर्दै त टाउको खाइरहेको छ। तर, साइनो रिलिजको केही समयपछि चाहि“ अर्को फिल्मको अनाउन्समेन्ट गर्ने सोच छ। जसका लागि कथा हेरिरहेका छौं।

फिल्म क्षेत्रमा आउन चाहने नवप्रतिभालाई के सल्लाह दिनुहुन्छ ?
यो क्षेत्रमा आउन चाहनेका लागि स्वागत छ। निर्देशक, हिरो, हिरोइन के बन्न चाहनुहुन्छ आउनुस्। तर, आफूले रोजेको क्षेत्रमा सिकेर आउनुभयो भने धेरै राम्रो हुन्छ। फेरि अहिले त सिक्नका लागि धेरै ठाउ“ पनि छन्। कामका साथै अनुशासन पनि सिकेर आउनुस्। पहिले हाम्रो पालामा आफूभन्दा ठूला कलाकारलाई निकै सम्मान गर्थेउ“।

अहिले हामीलाई देखर पनि वास्ता नगर्ने कलकार धेरै छन्। त्यस कारण रेस्पेक्ट गर्न सिक्नुस् भन्छु। अहिले तपाईंले यसो गर्दा भोलि तपार्इंको समयमा तपाईंलाई पनि अनादार गर्नेहरू हुनेछन्। हिरोइन बहिनीहरूलाई धेरै ओपन नहुनुस् ग्ल्यामर त चाहिन्छ तर सुहाउने मात्र गर्नुस् भन्छु। हुन त भुवन चन्द चौबन्दी चोलीको जमानाको मान्छे भएर यस्तो भन्यो, के भन्या होला पनि भन्लान्। तर, कथाले माग्यो भनेर जे पायो त्यही गर्नु जरुरी छैन। तपार्इंको भोलि बिहे होला सबै कुरा फिल्मलाई दियो भने भोलि श्रीमान्लाई के दिनुहुन्छ ?

प्रतिक्रिया दिनुहोस्