‘नयाँ वर्षदेखि भ्युटावर सञ्चालनमा आउनेछ’



राजाराम बोगटी
सञ्चालक, स्काई टच भ्युटावर
मकवानपुरगढी गाउ“पालिका–४, मनकामना डा“डामा भ्युटावर निर्माणको तयारी गरिएको छ । स्काई टच नामक भ्युटावर निर्माणका लागि भदौ २३ गते शिलान्यास गर्ने लगानीकर्ताको तयारी छ ।
पर्यटन व्यवसायका साथ २८ कठ्ठा क्षेत्रफलको जग्गामा करिब १४ करोड लागतमा निर्माण गर्ने योजना बनाइएको ६१ मिटर अग्लो भ्युटावर र होटललगायत संरचनाका निर्माणपछि मकवानपुरगढी तथा मकवानपुरलाई पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
भ्युटावर सञ्चालन गर्ने सोच, यसको निर्माण कार्य, यसबाट हुने फाइदालगायत विषयमा भ्युटावर निर्माण गर्ने मुख्य लगानीकर्ता राजाराम बोगटीस“ग नेपाल समाचारपत्रका लागि रोशन पराजुलीले गरेको कुराकानी :
तपाईं किन भ्युटावर निर्माण गर्ने तयारीमा हुनुहुन्छ ?
हरियाली, डा“डाका“डा, हिमालले भरिएका, जलस्रोतको धनी देश हो । यी कुरा हामीले सानैदेखि देखिराखेका छौं । विदेशका मरुभूमिलाई मानिसले हरियालीमा परिणत गरेर संसारको आकर्षणको केन्द्र बनाएर विश्वका ठूला भवन बनाएर मान्छेलाई लोभ्याइरहेका छन् ।

हाम्रो देशमा प्रकृतिले दिएको अग्ला हिमशृंखलाहरु छन् । प्रचारको कमीले गर्दा हामी पछाडि परिरहेका छौं । हाम्रा छिमेकी भारत, चीन हेरौं, यी दुई वटाको जनसंख्या हेर्ने हो भने विश्वको एक तिहाइ जनसंख्या उनीहरुले होल्ड गरिराखेका छन् । हामीस“ग समुद्री मार्ग छैन । तर, हामीस“ग रहेको स्थलमार्गबाट पर्यटकहरु हाम्रोमा आउन सक्छन् ।

चीनबाट मात्र वार्षिक १७ करोड मान्छे अरु देशमा घुम्न जाने गर्छन् । उनीहरुले अर्बौ रुपिया“ खर्च गर्छन् । भारतबाट मात्रै सवा पा“च करोड जनता युरोप, मिडिल इस्ट घुम्न जा“दा रहेछन् । उनीहरु अफ्रिकन देशमा पनि जा“दा रहेछन् । यी सबै कुरा सुनिरह“दा मेरो दिमागमा मकवानपुर जस्तो ठाउ“, जुन रक्सौलबाट नजिक, नेपालकै मध्यभागमा भएकाले यहा“ योजना बनाउने सोच आयो ।

हेटौंडाबाट पर्यटकीय हिसाबमा जोड्न सकियो भने यो धेरै राम्रो हुन्छ भनेर मैले धेरै अगाडिबाट सोेच बनाएको थिए“ । १७ वर्षको उमेरमै २०६२ साल भदौ १ गते मैले मेची–महाकाली साइकलयात्रा गरेको थिए“ । त्यतिखेरको मेरो साइकलयात्रा शान्तिका लागि थियो । त्यो कसरी भने शान्ति, एकता, मित्रता र सद्भावना हरेक नेपालीको चाहना, शान्तिको कामना भन्ने मूल नारा लिएर द्वन्द्वको अवस्थामा मैले साइकलयात्रा गरें ।

मकवानपुर जिल्ला धार्मिक पर्यटनका हिसाबले बाराको अमलेखगञ्जबाट मकवानपुर छिर्दा छिर्दै चुरियामाईसम्म आउ“दा एक किसिमको वातावरण पाउनुहुन्छ, त्यहा“बाट हेटौंडा आउ“दा अर्को किसिमको पाउनुहुन्छ । यहा“ गर्मी भयो, चिसोमा जान मन लाग्यो भने कुलेखानी जान सकिन्छ । मार्खु, सीमभञ्ज्याङ दामन छ । त्यहा“ जा“दा अर्कै वातावरण भेट्न सकिन्छ ।
एउटै जिल्लाभित्र समुद्री सतहदेखि २५ सय मिटरसम्मको डेढ दुई घण्टामै विविधता पाउन सकिन्छ । यस्तो ठाउ“लाई किन उजागर नगर्ने ? किन पर्यटन क्षेत्रलाई बढवा नदिने ? के कारण मकवानपुर जिल्ला पछाडि प¥यो ? पर्यटनका लागि यस्ता सोच जहिल्यै आइरहन्थ्यो । २०६७ सालदेखि म केही गर्नुपर्छ भनेर अगाडि बढेको हु“ ।

भ्युटावर कसरी, कुन रुपमा निर्माण गरिँदैछ ?
हेटौंडा भनेको पि“ध जस्तो छ तालको । माथिको डा“डा हेटौंडा बजारभन्दा २ सय २० मिटर माथि छ । बजारबाट डा“डातिर हेर्दा आकाशतर्फ हेरेको जस्तो हुने, ५० मिटरको टावर बन्दा त्यसले चाहि“ आकाश छुन लागेको जस्तो देखिने भएर स्काई टच भ्युटावर भनेर नाम राखेको छु ।

टावरबाट हेटौंडा उपमहानगरको १९ वटै वडा मकवानपुरगढी गाउ“पालिकाको ६ देखि ७ वटा वडा र भीमफेदी गाउ“पालिकाको एउटा वडाबाट देख्न सकिन्छ । समग्रमा भन्दा दुई लाख जनाले हरेक दिन यो ठाउ“ देख्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।

हामी ५० मिटरमाथि एउटा कन्फ्रेन्स हल बनाउ“छौं, ३० जना बसेर बैठक गर्न मिल्ने । प्रतिघण्टा यति रुपिया“ भनेर हामी पैसा लिनेछौं । लिफ्टबाट माथि गएर हामीले हेरेवापत प्रतिव्यक्ति ९० रुपिया“ लिने योजना बनाएका छौं । नेपालमै पहिलोपटक भ्युटावरबाट बञ्जीजम्प बनाउ“दैछौं । त्यहा“ ५० मिटरको बञ्जीजम्प हुनेछ ।

लगानी चाहिँ कसरी जुटाउँदै हुनुहुन्छ ?
मुख्य लगानीकर्ता म हु“, मसहित चार जना लगानीकर्ता छौं । यसको भिजन, सोच सबै मैले नै बनाएको हु“ । मकवानपुरगढी गाउ“पालिकाको ८ वटा वडाका स्थानीयलाई ३५ प्रतिशत शेयर दिनेछौं । बा“की ६५ प्रतिशत शेयर हामी लगानी गर्छौ । हामी ५० मिटरमाथि एउटा कन्फ्रेन्स हल बनाउ“छौं, ३० जना बसेर बैठक गर्न मिल्ने । प्रतिघण्टा यति रुपिया“ भनेर हामी पैसा लिनेछौं । लिफ्टबाट माथि गएर हामीले हेरेवापत प्रतिव्यक्ति ९० रुपिया“ लिने योजना बनाएका छौं ।

नेपालमै पहिलो पटक भ्युटावरबाट बञ्जीजम्प बनाउ“दैछौं । त्यहा“ ५० मिटरको बञ्जीजम्प हुनेछ । यसमा डोरीबाट चिप्लने खेल ४ सय ४८ मिटरको बनाउ“दैछौं । यसमा माथि नेपालको झण्डा राख्छौं । टेलिकम वा एनसेल कसैले टावर भाडामा राख्न चाहे त्यो भाडामा दिन्छौं । टावरमा एक÷दुई महिनाका लागि कसैले विज्ञापन गर्न चाहे भने हामी चार्ज लिएर विज्ञापन गर्न दिन्छौं ।

होटल पनि सँगै सञ्चालन गर्ने तपाईंको तयारी छ, के कस्तो सुविधा हुनेछ ?
हेटौंडाबाट लुम्बिनी, पोखरा, सौराहा, काठमाडौं, वीरगन्ज नजिक छ । तीन÷चार घण्टा भनेको पर्यटनका लागि केही पनि होइन । मुक्तिनाथ जान २÷३ दिन लगाएर जानुहुन्छ । रारा जान एक हप्ता छुट्याएर जानुहुन्छ । पारिवारिक भ्युप्वाइन्ट तथा पारिवारिक वातावरणको होटल र जोडीलाई पनि सुन्दर, शान्त र सुरक्षाका हिसाबमा पनि राम्रो मनकामना माताको काखमा रहेको ठाउ“ हो यो ।

नजिकै सौराहामा वर्षमा ३ लाख पर्यटक जान्छन् । तर, तीन सय जना पनि हेटौंडा आउ“दैनन् । किनभने यहा“का होटल व्यवसायीको प्याकेज नबनाउने, होटल आफ्नो हिसाबमा चलेका छन् । तर, उहा“हरुले टुरिजमलाई फोकस गर्नुभएन । किनभने होटलको एउटा पनि टुरिस्ट बस यहा“ छैन । उहा“हरुले वान नाइट टु डेज प्याकेज केही पनि बनाउनुभएको छैन । मकवानपुरमा यदी होटल व्यवसायीले यति ठूला होटल बनाइ राख्नुभएको छ भने यहा“बाट एउटा बस हालिदिने हो भने सौराहाबाट टुरिष्ट पठाउन त्यहा“बाट पक्कै हुन्न भन्दैनन् ।

समग्रमा पर्यटन क्षेत्रलाई अगाडि बढाउन सबै मिलेर अगाडि जानुपर्छ भन्ने लाग्छ । हामीले टुरिजमका हिसाबमा सम्भावना देखेको रक्सौल हो । यहा“बाट ५७ किलोमिटर नजिक छ । बिहारमा त्यति धेरै जनसंख्या छ, युपी यहीं नजिक छ । बंगाल नजिक छ । सिक्किम नजिक छ । त्यहा“का ३०÷३५ करोड मानिस छन् । उनीहरुलाई पनि हामीले केन्द्रित गराउन सक्छौं ।

यहाँहरुले बनाउन थाल्नुभएको होटल नौलो खालको हुन्छ भन्नुभएको छ, त्यो कस्तो हो ?
नौलो खालको भन्दा पनि वातावरणमैत्री भनौं । मानिसलाई बिल्डिङमै राख्ने भन्दा पनि अहिले आएको प्रिफ्याब प्रयोग गरेर काठ सकेसम्म कम प्रयोग गर्ने, ढलान नगरी हेर्दा टिपिकल नेपाली स्टाइलको रुममा बस्दा, जग्गा पनि दक्षिण पश्चिम मोहडा भएको भएर मनकामना माता र पाथीभारा माताको दर्शन गर्न पाउने र हेटौंडा बजार पनि देखिने, बजारभन्दा २ सय २० मिटर माथि हाइटमा रहेको ठाउ“मा जान पनि १० मिनेटमा पुगिने ठाउ“ हो । अगाडि भ्युटावर स“गै अहिले केबलकारको कुरा पनि अघि बढाइरहेका छौं । ३० वटा पसल कबल पनि हामी बनाउ“दैछौं ।

भ्युटावर, होटल निर्माणका लागि स्थानीय सरकारसँग कसरी समन्वय गर्दै हुनुहुन्छ ?
मकवानपुरगढी गाउ“पालिकाका अध्यक्ष, वडा अध्यक्षले हामीलाई सहयोग गरिरहनु भएको छ । उहा“हरुसं“ग समन्वय गरेर गाउ“पालिकाका ८ वटै वडाका स्थानीयलाई ३५ प्रतिशत शेयर हाम्रो कम्पनी दिनेछ । भोलिका दिनमा सय रुपिया“ नाफा कमाउ“दा ३५ रुपिया“ गाउ“पालिकामा गयो भने त्यसले समाजमा विकासका लागि सहयोग पुग्छ ।

स्थानीयले लगानी गर्दा हाम्रो आफ्नै भन्ने अपनत्व पनि हुन्छ । पहिला कंक्रिटको २१ तलाको बनाउने कुरा थियो । भूकम्पीय जोखिम, डा“डाको टुप्पामा रहेकाले पनि पहिलाको डिजाइनलाई परिवर्तन गरेर स्टिल स्ट्रक्चरतर्फ हामी गएका छौं । जहा“बाट पनि हावा छिर्ने गरी खुलारुपको टावर बनाउ“दैछौं । भदौ २३ गते शिलान्यास गर्ने तयारीमा छौं, चैतको अन्तिमसम्म निर्माण सकेर २०७७ को नया“ वर्षका दिन भ्युटावर र होटल सञ्चालनमा ल्याउ“दैछौं ।

 

 

प्रतिक्रिया दिनुहोस्