साप्ताहिक राशिफलः साउन १२ देखि १८ गतेसम्म



मेषः
यो साताका धेरैजसो दिनहरु त्यति फलदायक देखिँदैनन् । साताको शुरु आइतबार नै रोगव्याधिको भय, धननाश हुने देखिन्छ । बुधबारदेखि शुक्रबारसम्म आर्थिक भार बहन गर्न गाह्रो पर्ला । तनाव, सन्ताप, मानसिक अस्थिरता नहोला भन्न सकिन्न । धैर्य गर्नुहोला । बाँकी दिनहरुमा भने आफ्नो बोली बिक्ने हुँदा कार्य सफल हुने देखिन्छ । साथै केही आर्थिक लाभ एवम् सहयोग प्राप्ति हुने देखिन्छ ।
वृषः
तपाईंका लागि यो साता मध्यम फलदायक छ । बुधबारदेखि शुक्रबारसम्मका दिनहरु धेरै उत्तम फलदायक देखिन्छन् । यो समयमा गरेका कार्यहरु सजिलै सफल होलान् । सम्मान, उपहार, कोसेली पाइने सम्भावना छ । आर्थिक लाभ हुने, उन्नति–प्रगति हुने देखिन्छ । बाँकी दिनहरुमा भने अलि बढी परिश्रम गर्नुपर्ने हुन्छ । मानसिक अस्थिरता, दौडधुप होला । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मिथुनः
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । आज आइतबार खर्च, रोगव्याधिको सम्भावना छ । तर भोलिदेखि सोमबारसम्म खुशीयाली, कार्य सफल, आम्दानी होला । त्यसपछि बिहीबारसम्म आर्थिक भार एवं तनाव बेहोर्नुपर्ला । के गरौं, कसो गरौंको स्थिति होला । साताको अन्त्यका बाँकी दिनहरुमा पुनः उत्साह, उमंग बढ्ला । शुभ समाचार, आर्थिक लाभ, उपहारादि वस्तु प्राप्ति हुने देखिन्छ ।
कर्कटः
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । निर्णय क्षमतामा कमी आउला । के गर्ने, के नगर्ने भन्नेमा अरुको सहायता आवश्यक पर्न सक्छ । साताको मध्यभाग सोमबार र मंगलबार चिन्ता, थकावट, विवादको समाना गर्नुपर्ला । रोगव्याधि, चोटपटकको भय छ । बुधबारदेखि समय शुभ छ । स्वास्थ्यलाभ, गरेका कामको उपलब्धि, आर्थिक लाभ हुनेछ । इज्जत–प्रतिष्ठामा वृद्धि होला ।
सिंहः
तपाईंका लागि यो साताका शुरुका दिनहरु शुभ फलदायक देखिन्छन् । उपलब्धिमूलक कार्यमा लगानी हुने, आम्दानी बढ्नाले घरयासी आवश्यकताका वस्तुहरुको अभाव हट्ने, पारिवारिक सुख–सन्तोष हुनेछ । इज्जत–प्रतिष्ठा, मान–सम्मान बढ्नेछ । बुधबारबाट भने स्वास्थ्यमा समस्या आउने सम्भावना छ । पारिवारिक विवाद होला । अनावश्यक झमेला आइलाग्नेछ । शुक्रबारसम्म धैर्यताको खाँचो छ ।
कन्याः
तपाईंका लागि यो साताका प्रायः सबै दिनहरु उपलब्धिमूलक देखिन्छन् । व्यापार व्यवसाय गरेको भए मनग्य फाइदा होला । जागिरे भए पदोन्नतिको सम्भावना, विद्यार्थी भए पठनपाठनमा सफलता हुने देखिन्छ । साथै सामान्य परिश्रमबाट पनि नचिताएको धन वा पैसा प्राप्तिको सम्भावना छ । तर आज आइतबार र साताको अन्त्य शुक्रबार भने समय अनुकूल देखिँदैन । बाधा–व्यवधान आइलाग्नेछ ।
तुलाः
तपाईंका लागि यस साताको पछिल्ला दिनहरु उत्तम फलदायक छन् । राज्यबाट लाभ होला । इज्जत–प्रतिष्ठामा वृद्धि होला । पढाइ–परीक्षामा सफलता हात लाग्ने देखिन्छ । आर्थिक लाभ हुने सम्भावना छ । खाद्यान्न, भोजनादि वस्तु प्राप्ति होला । तर मंगलबारसम्म चाहिँ शारीरिक कष्ट, काममा बाधा, रोगव्याधिको भय, खर्च होला । जुनसुकै कुरामा पनि अलि सावधानी अपनाउनुपर्ने देखिन्छ ।
वृश्चिकः
यो साता आंशिक फलदायक देखिन्छ । साताको शुरु आइतबार र अन्त्यका दिनहरु राम्रो फल दिनेवाला छन् । आर्थिक लाभ हुने सम्भावना छ । परीक्षा, खेलकुदजस्ता प्रतिस्पर्धामा विजय हुने देखिन्छ । कार्य सफल हुने, मानप्रतिष्ठामा वृद्धि हुनेछ । तर सोमबारदेखि बिहीबारसम्मका दिनहरु भने सन्तोषजनक देखिँदैनन् । तनाव हुने, धन हानि हुने, कार्य अधुरो हुने देखिन्छ । निरर्थक दौडधुप गर्नुपर्ने होला ।
धनुः
तपाईंका लागि यस हप्ताका धेरैजसो दिनहरु शुभ छन् । आँटेको र अधुरा काम पूरा होलान् । एकपछि अर्को गर्दै सफलताका सिँढीहरु उक्लिने सम्भावना छ । भोजनादि खाद्यान्न सामग्री प्राप्ति होला । साथीभाइ, इष्टमित्रसँग भेटघाट हुने र सो भेटघाटबाट राम्रै उपलब्धि होला । बुधबारदेखि शुक्रबारसम्म भने बढी नै परिश्रम गर्नुपर्ला । आर्थिक नोक्सानी हुने र तनाव सृजना हुने देखिन्छ ।
मकरः
तपाईंका लागि यो साता सुख–समृद्धिदायक छ । बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुने, सुख–सन्तोष हुनेछ । राज्यको सेवा–सुविधा प्राप्त हुने, राजनीतिक सक्रियतासमेत बढ्नेछ । आफ्नो गरिरहेको व्यवसायबाट यथेष्ट फाइदा हुनेछ । मान–प्रतिष्ठा बढ्नेछ । तर आज आइतबार र साताको अन्त्य शनिबार भने आर्थिक नोक्सानी, अस्वस्थता एवम् तनाव होला ।
कुम्भः
तपाईंका लागि साताको धेरैजसो समय फलदायक नै देखिन्छ । हुन त मंगलबारसम्म रोगव्याधिको भय, शारीरिक कष्ट, काममा बाधा, आकस्मिक खर्च होला । तर बुधबारबाट क्रमशः समस्या समाधान हुनेछन् । राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ । राजनीतिमा सफलता, कतैबाट आर्थिक लाभ एवम् खाद्यान्न प्राप्ति हुने सम्भावना छ ।
मीनः
आज आइतबार समय अनुकूल नभए पनि बिहीबारसम्मका दिनहरु उपलब्धिमूलक छन् । थालेका कामहरु पूरा होलान् । आफन्तबाट राम्रै सहयोग पाउने सम्भावना छ । खाद्यान्न प्राप्ति होला । आफ्नो क्षमताले राम्रै काम बन्नेछ । सामान्य परिश्रमबाट पनि केही आम्दानी होला । तर साताको अन्त्यका दुई दिन भने राज्यका तर्फबाट डर, मान–प्रतिष्ठामा कमी, स्वास्थ्यमा समस्या हुने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्