नगरीका सभ्य नारी



सुदर्शन अधिकारी

भातलाई खाना भन्ने आमालाई मम् ।
खान जे पनि खाने ज्यान नि छ बम् । ।
बोलीचाली हाउभाउ उस्तै छ अंग्रेजी ।
जानुपर्ने स्वीमिङ्क पुल होइन मस्र्याङ्कदी ।

फेसन पनि उस्तै छ नाइटो नै देख्ने ।
नितब्ब उछिटएको छ के ले हो छेक्ने ।
स्तन पनि अनारदाना झैँ सदर देखाउने ।
छाती माथी ट्याटुमा पुतली बनाउने ।

कपाल पनि केटाझैँ काट्ने हेर ।
आँखी रौँ हप्तैमा मिलाउने धेर ।
नङ् पनि पालेर पोलीस फेर्नुपर्ने ।
दिनदिन फरक फरक सेन्टहरु छर्ने ।

बारीमा विषादी छरेझैँ बास्ना छर्ने ।
कहिले होला सहि कुराले मगज भर्ने ।
घरमा पनि हुदैँन कहिल्यै बास ।
पतिलाई नै छैन विश्वास र आश ।

प्रतिक्रिया दिनुहोस्