कान्ति लोकपथ: आधा खुल्यो आधा खुलेन



सुरेश तामाङ, ललितपुर ।
वर्षाले गर्दा अवरुद्ध कान्ति लोकपथको ललितपुर खण्ड खुलेको छ । सो खण्ड खुलेपछि ललितपुरको दक्षिणी भेगसम्म पुग्ने सवारी साधन चल्न थालेको छ ।
प्रहरी चौकी, भट्टेडाँडाका अनुसार सोमबार साँझदेखि कान्ति लोकपथको ललितपुर खण्ड खुलेको हो।

कान्ति लोकपथको ललितपुर खण्ड टिकाभैरबको पुलदेखि बगुवा बाग्मती नदीको पुलसम्म रहेको छ । असार अन्तिम साता परेको अविरल वर्षाका कारण यस सडकको प्राय भागमा पहिरो गएर क्षति पु¥याएको थियो ।
वर्षाका कारण यस सडक खण्ड जोड्ने विभिन्न पुलमा क्षति पुगेको थियो । साथै सडक समेत पहिरोले पुरेर क्षतिग्रस्त भएको थियो । टिकाभैरबदेखि तीनपाने भन्ज्यांङ हुँदै बगुवापुलसम्मको सडकमा असार अघि कालोपत्रे भईसकेको थियो । वर्षाकै कारण उक्त कालोपत्रे समेत उप्किएर बगाएको छ । अधिकांंश भागमा सडक भास्सिएको छ ।


सडकको ड्रेनहरु भत्किएको छ । सडक चिराचिरा परेको छ । भने अधिकांस सडक खण्डको आधा भाग जस्तो पहिरोले बगाएको छ । कान्ति लोकपथ सडक योजनाका इन्जिनियर अमिन्द्र खड्काले वर्षाका कारण सडकमा २० करोड बराबरको क्षति भएको जानकारी दिनुुभयो ।
वर्षातका कारण सडकमा निकै क्षति पुगेको छ । हामीले डिटेल जाँच त गरेका छैनौंं, तर प्रारम्भिक चरणमा हेर्दा २० करोडको क्षति भएको देखिन्छ ।’, उहाँले भन्नुभयो ।


उहाँका अनुसार असार अघिसम्म योजनाको सडक विस्तारको भौतिक प्रगति ७५ प्रतिशत सम्पन्न भएको थियो । तीन अर्ब ५० करोड खर्चेर कालोपत्रे गरी काठमाडौं–हेटौंडा आवत जावतका लागि सडक सञ्चालन गर्ने योजना राखेको थियो । तर वर्षाले पुरा हुन भने दिएन ।

अहिलेसम्म आधा बाटो सवारी साधन आवगमनका लागि काम चलाउ खुलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘६९ किलोमिटर सडकमध्ये ५० किलोमिटर खुलिसकेको छ भने १९ किलोमिटर सडक खण्डको पहिरो हटाएर सडक सुचारु गर्ने काम जारी छ ।’

वर्षाका कारण यस सडक खण्ड जोड्ने विभिन्न पुलमा क्षति पुगेको थियो । साथै सडक समेत पहिरोले पुरेर क्षतिग्रस्त भएको थियो । टिकाभैरबदेखि तीनपाने भन्ज्यांङ हुँदै बगुवापुलसम्मको सडकमा असार अघि कालोपत्रे भईसकेको थियो । वर्षाकै कारण उक्त कालोपत्रे समेत उप्किएर बगाएको छ । अधिकांंश भागमा सडक भास्सिएको छ ।

ललितपुर खण्डको खुलेको र मकवानपुर खण्डको खुल्न अझै चार दिन लाग्ने पनि उहाँले जानकारी दिनुभयो । ललितपुर खण्डको सडक चलेपछि त्यहाँ उत्पादित दँध, तरकारी लगायत कृषि जन्य सामग्री बजारमा पु¥याउन सकिएको छैन ।


पहिरोका कारण दक्षिण ललितपुर अवरुद्ध हुँदा स्थानीय उत्पादन दँध तरकारी फलफँल बजारमा ल्यान नपाउँदा किसानहरु मर्कामा परेका छन् ।
‘हामीले अथक प्रयास गरेपछि बाटो खुलेको छ । बाटो पुरै सफा गर्न पाएको छैन । गाडी हिँड्न मिल्ने बनाएका छौं । यसबाट स्थानीय ज्यादै खुशी भएका छन् । दँध, तरकारी बजारसम्म लान पाएका छन् ।’, बाग्मती गाउँपालिका–५ भट्टेडाँडाका वडा अध्यक्ष विष्णु तिमल्सिनाले बताउनुभयो ।


वर्षा रोक्किएपछि जनप्रतिनिधिले खेल्नु पर्ने भँमिकामा रहेर बाटो खुलाउन रातदिन प्रयास गरेको उहाँले सुनाउनुभयो । यस सडकको प्रयोग गरेर मकवानपुरका साथै दक्षिणी भेगहरु भट्टेडाँडा, माल्टा प्युटार, गिम्दी, ठँलादुर्लुङ हुँदै काभ्रेको तालढुङासम्म सडक सञ्जालले जोडिएको छ । यस सडक वर्षाले रोकिएपछि त्यहाँका बासिन्दा सहरसम्म हिँडेर आउन बाध्य भएका थिए । त्यहाँका मानिस शहर ‘चापागाउँ’ सम्म आइपुग्न दुई दिनजस्तो हिँड्नु पर्ने हुन्छ ।

वर्षाका कारण पहिरोले पुरिएर ललितपुरमा मात्रै ६ जनाले न्यान गुमाए भने सयँ्रैले घरबास गुमाउनु परेको छ । पहिरोले खानेपानीको पाईप, विजुलीको पोल तार लगायतमा पनि क्षति पु¥याएको छ ।खानेपानी र विजुलीको भने व्यवस्थापन गरेर संचालनमा ल्याईसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्