सिर्जु अधिकारीले ल्याइन तीजको गीत



धनवीर दाहाल,काठमान्डौ
लोक गायिका सिर्जु अधिकारीले नेपाली हिन्दु नारीको महान चाड तीजलाई लक्षित गरी नयाँ गित बजारमा ल्याउनुभएको छ ।

‘तीजको दर’ नामक गीतमा चर्चित लोक गायक बद्री पंगेनीले पनि साथ दिनुभएको छ । आधुनिक गीत पनि आफ्नो नाम लेखाउन सफल अधिकारीले केहि गीतमा संगीत समेत गर्नुभएको छ ।

गीत लेखन, गायन र संगीत मात्र नभएर मोडलको रुपमा पनि परिचित सिर्जुले धेरै गितमा अभिनय समेत गर्नुभएको छ ।

तीजको महिमा समेटिएको सिर्जुको गीतमा परापूर्व कालमा महिलाहरु मनोरञ्जनका लागि आफ्नो परम्परा अनुसार दिदी बहिनी भेला भएर सुख– दुःख साटासाट प्रचलनलाई समेटिएको छ । हालै सार्वजनिक भएको गितमा रबिन लामिछानेको शब्द रहेको छ भने तिलक ओलीको लय रहेको छ ।

शंकर बिसीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा शंकर बिसी, सिर्जु अधिकारी, अञ्जली अधिकारी, कल्याणरत्न कार्कीका साथमा गायक बद्री पंगेनीले पनि अभिनय गर्नुभएको छ ।

दुर्गा पौडेलको छायांकन रहेको गीतको म्यूजिक भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेको बताइएको छ ।
भिडियो

प्रतिक्रिया दिनुहोस्