कैलालीमा जिप दुर्घटनाः ६ जना घाइते, एकको अवस्था गम्भीर



कैलाली । कैलालीको बूढीतोलामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बैतडीको पञ्चेश्वरबाट धनगढी आउँदै गरेको से १ झ १०७८ नम्बरको जिप बुधबार बिहान ८ बजे बुढीतोला नजिकै श्रीभावरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा परि हजारी चन्द, दुर्गा चन्द, जनक चन्द, रमेश चन्द, शिव कँडेल र यमकान्त भूषाल घाइते भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले जानकारी दिनुभयो ।

घाइतेहरुको ठेगाना भने नखुलेको प्रहरी नायव उपरीक्षक बिष्टले बताउनुभयो । घाइतेहरुलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल ल्याउँदै गरेको बिष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्