महिलालाई अल्जाइमर हुने खतरा बढी



लन्डन,(एजेन्सी) ।
बैज्ञानिकहरुले किन पुरुष भन्दा महिला स्मरण शक्ति गुमाउने अल्झिमेर जस्ता रोगबाट पिडित हुने गरेको भन्नेबारे सहि तथ्य पत्ता लगाइसकेको दावी गरेका छन् । यसअघि सम्म संधै पुरुष भन्दा महिला लामो समय बाँच्ने भएकाले नै महिलाहरु बढि मात्रामा अल्झिमेरबाट पिडित हुने बताइने गरिन्थ्यो ।

तर हालै स्वास्थ अध्ययन तथा अनुसन्धान सम्बन्धी अमेरिकाको लस एन्जेल्समा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा यसबारे पेश गरिएको अनुसन्धानको नयाँ प्रतिवेदनले पुराना धारणालाई गलत सावित गरिदिएको छ । अनुसनधानकर्ताहरुका अनुसार मस्टिष्कको संजाल र लैंगिकतामा आधारित विशेष अनुवंशको कारण महिला बढि मात्रामा अल्झिमेरबाट पिडित हुने गरेका हुन् ।

संयुक्त अधिराज्यमा यस रोगबाट पिडित महिलाको संख्या अन्दाजी पाँच लाख रहेको छ भने पुरुषको संख्या तीन लाख पचास हजार मात्र रहेको छ । अधिकांश मानिसमा ६५ वर्ष उमेर कटेपछि यस रोगका लक्षणहरु देखा पर्ने गरेका छन् । तर यसले कलिलो उमेरका व्यक्तिहरुलाई पनि सताउन सक्छ ।

भ्यान्डरविल्ट युनिभर्सिटी मेडिकल सेन्टरका अनुसनधानकर्ताहरुले सयौं संख्यामा महिला तथा पुरुषका मस्टिष्क स्क्यान अध्ययन गरी ताउ नामक एक प्रकारको प्रोटिनको स्थितीको ेअवलोकन गरेका छन् ।

अल्झिमेरको विशेषताहरु मध्ये एक ताउ तथा एमिलोइड नामक मस्तिष्क भित्रका प्रोटिनको बनौट शैली रहेको तिनीहरुले दावी गरेका छन् । ति प्रोटिनले विष उत्पादन गर्दा मस्तिष्कका कोषहरु मर्ने र यसबाट स्मरण शक्तिमा समस्या देखापर्ने बताइएको छ ।

महिलाहरुका मस्तिष्कमा ताउ प्रोटिन निर्माण हुने क्षेत्रमा सम्पर्क संजाल धेर ैहुने गरेकाले स्मरण क्षमता घट्ने संभावना बढि हुने गरेको बताइएको छ । वेलायतको अल्झिमेर अनुसनधान विभागका प्रमुख डाक्टर जाना भोइटले अनुसनधानबाट महिलाहरु बढि जोखिममा रहेको देखिएका ेतथा यसलाई न्युनिकरण गर्नका लागि थप अध्ययन र अनुसन्धानको जरुरी रहेको बताएकीछिन् ।

प्रतिक्रिया दिनुहोस्