चिनियाँ पूर्व प्रम लि पेङको निधन



बेइजिंग,( एजेन्सी) ।
चीनका पुर्व प्रधानमन्त्री लि पेङको ९० वर्षको उमेरमा निधन भएके चिनिया सरकारी संचार मिाध्यम सिन्हवाले जनाएको छ । उनले सन् १९८९ मा सियानमेन चोकमा भएको विशाल प्रजातन्त्रवादी प्रदर्शनको दमन गर्न जंगी कानुन लागु गरेका थिए ।

नाम नखुलाइएको रोगको कारण उनको सोमवार साँझ निधन भएके बताइएको छ । असी र नब्बेको दशकमा उनले चीनको सरकारी निकायका थुप्रै उच्च ओहदाहरुमा रहेर काम गरेका थिए ।

तर सन् १९८९ का ेतियानमेन चोकमा प्रदर्शनकारीहरु माथि निर्मम तरिकाले दमन गरेवापत उनलाई ‘ बेइजिंगका कसाही ’ को उपनाम पनि दिइएको थियो । त्यतिवेला चिनियाँ सेनाले सयौं निहत्था जनतालाई मारेको थियो । तर लिले आफ्नो कार्यको वकालत गर्दै त्यो कदम आवशइक रहेको दावी गरेका थिए ।

सिन्ह्वाले उनको निधनमा समवेदना प्रकट गर्दै अराजकता र क्रान्तिकारी हिँसालाई रोक्नका लागि लिले निर्णायक कदम चालेको भनी प्रशंसा गरेको छ । विगत तीन दशकदेखि चीनले उक्त आम नरसंहारलाई सेन्सर गर्दैै आएका छन् । तियानमेन चोकमा ६ साता लामो आन्दोलन चर्केको थियो ।

प्रतिक्रिया दिनुहोस्