चुक्ता पुँजी नपुर्याउने बीमा कम्पनीमाथि कारबाहीको तयारी



परिवर्तन देवकोटा, काठमाडौं ।
बीमा समितिले चुक्ता पु“जी पु¥याउन नसकेका बीमा कम्पनीलाई सात दिने स्पष्टिकरण मागेको छ ।समितिले सञ्चालक समितिको बैठकको निर्णयअनुसार मंगलबार सात दिनभित्र स्पष्टिकरण पेस गर्न बीमा कम्पनीहरुलाई पत्राचार गरिएको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी तथा १९ जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । बीमा समितिले असार मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्ता प“जी २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपिया“ पु¥याउनुपर्ने निर्देशन दिएको थियो ।

चुक्ता पु“जी वृद्धि गर्न बीमा समितिले पटक–पटक म्याद थप गर्दै आएको थियो । तर, अब भने म्याद थप गर्नुभन्दा पनि कारबाहीको रणनीतिमा जाने देखिएकोे छ ।

समितिका निमित्त कार्यकारी निर्देशक पौडेलका अनुसार पटक–पटक समयावधि थप गर्दा पनि बीमा कम्पनीहरुले तोकिएको चुक्ता पु“जी नपु¥याएका कारण कारबाही प्रक्रिया अगाडि बढाउन लागेको हो ।

सात दिनभित्रमा आएको निर्जीवन तथा जीवन बीमा कम्पनीहरुको स्पष्टिकरणको आधारमा कारबाही शुरु गरिने पौडेलले जानकारी गराउनुभयो । उहा“का अनुसार चुक्ता प“जी पु¥याउन नसकेका बीमा कम्पनीहरुमा सूर्या लाइफ इन्स्योरेन्स, गुरा“स लाइफ इन्स्योरेन्स तथा प्राइम लाइफ इन्स्योरेन्सलाई सात दिनभित्र स्पष्टिकरण पेस गर्न पत्राचार गरिएको छ ।

समितिका अनुसार हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पु“जी १ अर्ब १३ करोड, गुरा“स लाइफ इन्स्योरेन्सको ६४ करोड १५ लाख, प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पु“जी एक अर्ब ७८ करोड रुपिया“ रहेको छ ।

राष्ट्रिय बीमा संस्थानको ऐन फरक रहेकाले उक्त कम्पनीलाई पत्राचार नगरिएको निमित्त कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । उहा“ले भन्नुभयो–‘संस्थानको ऐन भिन्न छ, त्यसैकारण हामी उसलाई फरक प्रक्रियामा लैजान्छौंं ।’ हाल राष्ट्रिय बीमा संस्थानले चुक्ता पु“जी १ अर्ब ८१ करोड रुपिया“ रहेको छ ।

यस्तै चुक्ता पु“जी पु¥याउन नसकेका चार निर्जीवन बीमा कम्पनीहरु युनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी तथा लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् ।

युनाइटेड इन्स्योरेन्सको ३० करोड २४ लाख, एनएलजी इन्स्योरेन्सको ६४ करोड ४ लाख, प्रुडेन्सियल इन्स्योरेन्सको ी ६४ करोड १५ लाख रुपिया“चुक्ता पु“जी रहेको छ । त्यस्तै लुम्बीनी जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपिया“ रहेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि चुक्ता पु“जी पु¥याउन सकेको छैन । कम्पनीको २६ करोड ६६ लाख रुपिया“ चुक्ता पु“जी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्