पेट्रोलियम पाइप लाइन मन्त्रीको टोलीद्वारा अनुगमन



कृष्णउदास खनाल, वीरगन्ज ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीसहितको टोलीले मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको निरीक्षण गरेको छ । राष्ट्रिय गौरवका आयोजनामध्येको मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परीक्षण गरे लगत्तै निरीक्षण गरिएको हो ।

नेपाल–भारत दुवै देशको प्रथामिकतामा रहेको यो आयोजनाअन्तर्गत शुक्रबार परीक्षण गरिएको थियो । पाइपबाट इन्धन भित्र्याइए लगत्तै निरीक्षणको क्रममा आएका मन्त्रीसहितको टोलीलाई परियोजनामा आबद्ध विभिन्न प्रविधिकले पाइप लाईनको बारेमा जानकारी दिएका थिए ।

भारतको पटनाबाट मोतिहारी हु“दै नेपालको अमलेखगन्जसम्म कुल २५९.७ किलोमिटरमध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगन्जसम्मको ६९.७ किलोमिटर क्षेत्रको पाइप शुक्रबार परीक्षण गरिएको हो । सन् २००४ मा सम्झौता भएर २०१८ बाट निर्माण थालिएको यो आयोजना २०२० मार्चमा सम्पन्न गर्ने लक्ष राखिएको थियो ।

तर, निर्धारित समयभन्दा झण्डै आठ महिना अगाडि सम्पन्न भएको परियोजनाले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन ठूलो योगदान पु¥याउने उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री यादवको भनाइ छ ।

त्यस्तै नेपालका लागि भारतीय राजदूत पुरीले आयोजनाले नेपाल र भारतको सम्बन्धलाई थप बलियो बनाउने बताउनुभएको छ । नेपाल आयल निगम अम्लेखगन्जका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्