करको विरोधमा हेटौंडा बजार बन्द



हेटौंडा, (नेस) ।
सरकारले ल्याएको नया“ करको दायराको विरोधमा उद्योगी व्यवसायले हेटौंडा बजार बन्द गराएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना मंगलबार हेटौंडा बजार बन्द गरिएको हो ।

सरकारले साउन १ गतेबाट लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) को विरोधमा हेटौंडा बजार बन्द गरिएको हो ।

सरकारको लागु हुने गरी गरेको निर्णयले उद्योग व्यवसायमा काम गर्ने मजदुरले प्यान नम्बर लिनुपर्ने, सानादेखि ठूला व्यवसायी यसको मारमा पर्ने भएकाले बजार बन्दसम्मको विरोधमा उत्रनुपरेको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो ।

सरकारले लागु गरेको प्रणालीमा जानुपर्ने, कार्यान्वयन नगरे कारबाहीमा परिने भएपछि बजार बन्द गरिएको अध्यक्ष कटुवालले दाबी गर्नुभयो । मकवानपुर उद्योग वाणिज्य संघले सरकारले लागु गरेको भीसीटीएसले साना व्यवसायी मारमा परेको भन्दै सरकारलाई दबाब दिन बजार बन्द गर्नुपरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्