निर्जीवन बीमा कम्पनीले २५ अर्बभन्दा बढी बीमा शुल्क उठाए



नेपाल समाचारपत्र, काठमाडौं  ।
गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क १५ प्रतिशतले वृद्धि भएको छ ।

बीमा कम्पनीहरुले बीमा समितिलाई बुझाएको विवरणअनुसार आर्थिक वर्ष २०७५÷०७६ निर्जीवन बीमा कम्पनीले २५ अर्ब ६० करोड ३२ लाखभन्दा बढी रकम आर्जन गरेका छन् ।

हाल नेपालमा २० वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब १७ करोड, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ९४ करोड १६ लाख रुपिय“ँ बीमा शुल्क कमाएका छन् ।
यस्तै, भारतीय लगानीको शाखाको रुपमा खुलेको नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ८ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १४ अर्ब ५८ करोड ८५ लाख रुपिया“भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । युनाइटेड इन्स्योरेन्स कम्पनीले ४८ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड रुपिया“भन्दा बढी नाफा आर्जन गरेको छ । नेको इन्स्योरेन्सले १ अर्ब ९१ करोड बढी नाफा कमाएको छ ।

गत आर्थिक बर्षमा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपिया“, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३५ करोड रुपिया“, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपिया“ तथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब २६ करोड ६ लाख रुपिया“ बीमा शुल्क आर्जन गरेका छन् ।

यसैगरी एनएलजी इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपिया“, प्रिमियरले १ अर्ब ६४ करोड रुपिया“ र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १ अर्ब २४ करोड ७५ लाख रुपिया“ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै एभरेष्ट इन्स्योरेन्सले ८१ करोड १८ लाख रुपिया“ बीमा शुल्क आर्जन गरेको भने प्रभु इन्स्योरेन्सले १ अर्ब १ करोड, अजोड इन्स्योरेन्स ४१ करोड ४५ लाख, सानिमा जनरल इन्स्योरेन्सले १५ करोड ५८ लाख, जनरल इन्स्योरेन्सले ३२ करोड २४ लाख रुपिया“ बीमा शुल्क आर्जन गरेका छन् ।

पछिल्लो समय जीवन बीमाको बजार उकालो लागेको छ । बीमा कम्पनीहरुले बुझाएको विवरण अनुसार बीमा बजारमा उकालो लागेको देखिएको हो । जीवन बीमा वापत संकलन भएको बीमा शुल्क ७५ अर्ब नाघेको छ ।

बीमा कम्पनीहरुले बीमा समितिमा बुझाएको तथ्यांक अनुसार बीमा शुल्कका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले अग्रस्थान कायम राखेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले पनि बजारमा आफ्नो प्रभुत्व जमाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्कवापत ९ अर्ब १ करोड रुपिया“ आर्जन गरेको छ भने लाइफ इन्स्योरेन्सले ४ अर्ब ४९ करोड रुपिया“ प्रथम बीमा शुल्क आर्जन गरेको छ । बीमा कम्पनीहरुको कुल बीमा शुल्क ७५ अर्बभन्दा बढी देखिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्