रअको भ्रमणबारे सुरक्षा निकायलाई झूटो ‘ब्रिफिङ’



नेपाल समाचारपत्र, काठमाडौं ।
गत आइतबार भारतीय मुख्यसचिव नेपाल आउने व्यहोराको अग्रिम सूचनाअनुसार सुरक्षा निकाय विमानस्थलदेखि होटलसम्मको स्कर्टिङ र अन्य सुरक्षा प्रबन्धमा जुट्यो ।

तोकिएकै तालिकाअनुसार आइतबार दिउँसो पाहुना आए, सुरक्षा निकायले स्टर्किङ गरेर बौद्धस्थित हायात होटल पु¥यायो । तर स्टर्किङ गरिएका पाहुना मुख्यसचिव नभएर भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को टोली भएको सुरक्षा निकायले होटल पुगेपछि मात्रै थाहा पायो ।

रअ टोलीको नेपाल भ्रमणबारेको अग्रिम सूचना सुरक्षा निकायले समेत थाहा नपाएको पाइएको छ । ‘भारतीय मुख्य सचिव नेपाल आउने भएकाले सोही अनुसार सुरक्षा प्रबन्ध गरिएको थियो, तर भीआईपी टोलीलाई होटल पु¥याएपछि थाहा भयो टोली त अर्कै पो रहेछ, हामी त झस्कियौ पनि’ –सुरक्षा निकायको उच्च स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

रअ प्रमुख समान्त कुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतबार दिउँसो नेपाल आएको थियो । सत्ता पक्षीय र प्रतिपक्षी दलका नेतासँगको भेटवार्तापश्चात रअ टोली सोमबार साँझ स्वदेश फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्