‘कबड्डी कबड्डी कबड्डी’को गीत चोरीएकै हो त ?



प्रदिप विवश भण्डारी, काठमाडौँ ।
नेपाली सिने जगतमा चलचित्रका कथा चोरीका आरोप त लाग्दै आएको सबैलाई अवगत नै छ । पछिल्लो समय नेपाली लोक लयमा बनेका केही गीतलाई पनि चोरीको आरोप लाग्दै आएको छ ।

तर अहिले चलचित्र कै गीतलाई पनि चोरीको आरोप लागेको छ । सोमबार रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को दुबो फुल्यो बोलको गीतलाई चोरीको आरोप लागेको हो ।

संगीतकार आलोक श्रीले आफ्नो आधुनिक गीत ‘कहिले फोटो सिरानी’ सँग ‘दुबो फुल्यो’ मिल्न गएको दाबी गरेका छन् ।

काली प्रसाद बास्कोटा र शर्मिला बर्देवाको आवाज रहेको ‘बाटो’ एल्बममा समावेश भएको गीत कैले फोटो सिरानीमासंग ‘कबड्डी कबड्डी कबड्डी’को गीत मिल्न गएको हो । कबड्डीको गीतमा हेमन्त राना र हृतिका श्रेष्ठको आवाज, एस डी योगीको संगीत रहेको छ । संगीतकार योगीसँग यो बिषयमा कुरा गर्दा, गीतको लय मिल्नु संयोग मात्र भएको बताएका छन् । केही नोट मिले पनि गीत हुबहु नमिलेको उनको तर्क छ ।

आलोक श्रीले चलचित्रको टिमले फोन गरेर उनलाई गीत मिल्न गएको र अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा राखेको बताएका छन् तर योगीले भने यो कुरालाई नकारेका छन् ।

हेर्नुहोस् दुवै गीतः

प्रतिक्रिया दिनुहोस्