मुगुमा घर जग्गा कारोबारबाट ७० लाखको राजस्व संकलन  



बीरबहादुर बम, मुगु । बिगतका बर्षमा भन्दा गत चालू आ.ब. मा घर जग्गा कारोवार बापत १८ प्रतिशतले बृद्धि भई ७० लाख बराबरको रकम जम्मा भएको छ । घर जग्गा रजिष्ट्रेसान र संघिय सरकारमा जाने राजश्वको बिबरण सहित जोडदा मालपोत कार्यालय मुगुले ६९लाख ४१ हजार ४ सय अठसट्ठि रुपैया जम्मा भएको जनाएको छ ।

बिगतका बर्ष आ.ब.०७४/७५ मा ४२ ला ९५ हजार ७ सय ८८ थियो भने गत चालू आ. ब. ०७५/७६ मा घर जग्गा रजिष्ट्रेषन असुलि बाट प्राप्त रकम ५० लाख ६१ हजार ४सय २ र संघिय सरकारमा जाने राजश्वको बिबरण १८ लाख ८० हजार ६५ गरी जम्मा प्राप्त राजश्व ७० लाख बराबरको राजश्व सकंल नभएको छ ।

गत चालू आ.ब. मा मुगु घर जाग्गा किनबेच गर्नेको संख्या उल्लेख्य दरमा बृद्धि भएको मालपोत कार्यालय मुगुका कार्यालय प्रमुख जगत बहादुर रोकाया बताउँनु हुन्छ ।

हामीले सोचे भन्दा बढिले राजश्व संकलन हुने थयो । राज्यको नीति अअनुसार लक्षित बर्गाको नाममा घर जग्गा पास गर्दा ८ लाख ३५ हजार ६१ रुपैया छुट भएको छ जसमा महिलाको नाममा घर जग्गा पास गर्दा ६ लाख २५ हजार ३ सय ४८ रकम छुट भएको छ भने बाँकी रकम दति ,अशत्त अपागं,जेष्ट नागरीकको नाममा जग्गा पास गर्दा समेत छुट भएको मालपोत अधिकृत रोकायले बताए ।

घर जग्गा रष्ट्रिसन दस्तुर बापत राजीनामा ,सट्ठापट्ठा र सगोलनामाको लिखित बापत नगरपालिका क्षेत्रमा ४ प्रतिशत र गाउँपालिका क्षेत्रमा २ प्रतिशतले रकम असुल गर्दै आएको छ , त्यस्तै छोडपत्र, बकसपत्र ,अशंवन्डा ,कपाली तमसुक,मानो छुट्ठीएको शिर्षकमा मालपोत कार्यालयमा राजश्व संकलन हुँदै आए पनि यस बर्ष सबै शिर्षकबाट राजस्व संकलन भएको मालपोत कार्यालय मुगुले जनाएको छ।
जिल्लामा ४वटा स्थानिय तह भई जिल्लाका अधिकास काम गाउँपालिका तथा नगरपालिकाका कार्यालयबाट हुने भएकोले स्थानिय निकायका मुकाम आसपासका क्षेत्रमा समेत जग्गाको समेत धेरै किनबेच हुने गरेको सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाही बताउँछन ।

जग्गा किनबेच गर्न समेत नापी र मालपोत कार्यालयका कमचारी लाई समेत फिल्डमा लिई काम गराउँने भएपछि सर्वसाधारणलाई घरजग्गा किनबेच गर्न जिल्ला आई रहनु पर्ने समस्या हटेको छ सम्कन्धित गाउँपालिका एवम् फिल्डमा गएर घर जग्गा समेत पास गराउँने प्रबृतिले पनि घर जग्गा कारोवारबापत वडा कार्यालय मालपोत कार्यालय र नापि कार्यालयको राजश्वमा समेत उल्लेख्य बृद्धि भएको पनि गाउँ पालिका अध्यक्ष शाही बताउँ छन् ।

पछिल्लो समयमा जिल्ला सदरमुकाम भन्दा पालिका स्तरमा सडक यातायातको सुबिधा ,बिधूती करण संचारको पहुच ,गुणस्तरिय शिक्षा र स्वास्थयका कारण सवसाधारर्णको कामको चाप बढेपछि ब्यापारिक कारोवार गर्न ,सुबिधाको उपयोग हुनेकोलागि स्थानिय निकाय पालिका स्तरमा घर जग्गा खरिद बिक्रि गर्नेको संख्या गत चालू आ. ब भन्दा यो बर्ष अझ बढि घर जव्गा कारोवारबाट राजश्वमा बृद्धि हुने मुगुका गाउँपालिकाका अध्यक्षहरुले बताएका छन् ।

जिललाका पालिका स्तरका अन्य आम्दानीको शिर्षक भन्दा घरजग्गाको किनबेचबाट तिरो तिर्ने रकमबाट समेत वडा कार्यालयमा समेत राजस्वमा बृद्धि भएको कुरा खत्याड गाउँपालिकाका अध्यक्ष बताउँ छन् ।

प्रतिक्रिया दिनुहोस्