प्यूठान प्रहरीको समीक्षा : ९५ प्रतिशत घटनाको सफल अनुसन्धान



प्युठान। प्यूठान प्रहरीले आ.व. २०७५/०७६ मा ९५ प्रतिसत घटनाहरुको सफल अनुसन्धान भएको जनाएको छ ।

दुई वटा घटनाका उजुरीकर्ताहरु सम्पर्कमा नआएकोले सतप्रतिशत सफलता प्राप्त हुन नसकेको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताउनुभयो । ‘प्यूठान प्रहरीले अधिकतम सफलता हाँसिल गरेको छ ।’ उहाले भन्नुभयो’यो सवै सफल्ता हात पर्नुमा प्रहरीका साथै जिल्लाबासीको महत्वपुर्ण सहयोग छ।’

प्रहरीमा उजुरी दिने र गाउँघरमै मिला पत्र गर्ने गर्ने, प्रहरीसँग बयान फेर्ने जस्ता कारणले रहेको उहाँको अनुभव छ ।‘विज्ञान हत्याकाण्ड’का दोषि रमेश मल्ललाई रुपन्देहीबाट पक्राउ गरी अदालतको आदेशमा कारागार पठाउनु, गौमुखी गाउँपालिका वडा नं. ६ लिवाङका हत्या आरोपी बीरबहादुर खत्रीलाई काठमाण्डौंमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गर्न सफल हुनु,जंगलमा बाटो ढुकेर पैसा लुट्ने लुटेरा चार जनाको समुहलाई पक्राउ गर्न सफल हुनु प्रहरीका मुख्य उपलब्धी हुन् । खत्रीलाई गत बैशाख २२ गते प्यूठान अदालतले हत्या दोषि ठहर गर्दै २५ वर्ष जेल सजायको फैसला सुनाएको छ ।

यस वर्ष प्रहरी कार्यालयमा २१५ वटा मुद्धा दर्ता भए । जम्मा १३२ जना प्रतिवादीलाई यो एक बर्षमा पक्राउ परे । गत आ.व.को तुलनामा यस वर्ष २५ प्रतिशतले मुद्धा दर्ता कम भएको हो । आ.व. ०७४/०७५ मा २८७ वटा मुद्धा दर्ता भएका थिए । यो अबधीमा १८ जवरजस्ती करणीका छन भने ५ ओटा करणी उद्योग भएको छ । १३ बहुबिबाह र ६ वटा वालबिबाहका घटना छन।

कर्तव्य ज्यान सम्वन्धी ५ वटा, आत्माहत्याका ६४ वटा र अन्य गरि २ सय १५ घट्ना जिल्ला प्रहरीमा दर्ता भएको तथ्याकँ छ। प्रहरीमा घरेलु हिसाँका ८६ निबेदन आए भने प्रहरीकै सक्रीयतामा ५३ वटा बालबिबाह रोकिए । जम्मा २१५ मुद्धामा १५३ मुद्धा फछर््यौट भैसकेका छन् भने ६२ वटा बाँकी छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत प्रहरीले यस आर्थिक वर्षमा ३७ लाख बढि रुपैंया जरिवाना संकलन गरेको छ ।

यस वर्ष प्राकृतिक विपत्तबाट ९ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ । जनचेतना मुलक कार्यक्रमका कारण घटनामा कमि आएको प्रहरीको विश्लेषण छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्रहरीले टोलटोल सम्म पुर्याएको छ ।

समुदाय प्रहरी जिल्ला स्तरीय एउटा, ९ वटा पालिका स्तरीय, ६४ वटा वडा र १७ वटा बस्ती स्तरसम्म समिति गठन छन् । त्यस्तै प्रहरी विद्यालय सम्पर्क समिति १५० वटा विद्यालयमा गठन गरिएको छ ।२१ बर्ष अघि स्विकृत प्यूठानको दुर्गम क्षेत्र दाङवाङ प्रहरी चौकी यस वर्ष स्थापना भएको छ ।

लामो समयदेखि थन्कीएर रहेका सवारीलाई लिलाम विक्रि गरिएको, प्रहरी इकाईहरुमा आवश्यक फर्निचरको व्यवस्था, सवै प्रहरी इकाईमा संस्थागत टेलिफोन नम्वरको व्यवस्था यस वर्षका प्रहरीका उपलब्धी हुन् ।

प्रतिक्रिया दिनुहोस्