लैंगिक हिंसामुक्त गाउँपालिका बनाउने जनप्रतिनिधिको प्रतिवद्धता 



कालीवहादुर मल्ल, कालिकोट । शुभकालिका गाउँपालिकालाई लैंगिक हिंसा मुक्त वनाउने याहाँका महिला जनप्रतिनिधिहरुले प्रतिवद्धता जनउनु भएको छ ।

निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि दुइ दिने अभिमूकरण कार्यक्रममा शुभकालिका गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुले समाजमा महिला हिंसा,विभेदको अन्त्य गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

महिला हिंसामूक्त गाउपालिका वनाउनका लागि समाजमा मदिरा नियन्त्रण,छाउपडी प्रथा,बालविवाह,वहुविवाह लगाएतका कुप्रथाको अन्त्य गर्नका लागि अभियान सञ्चालन गर्ने गाउँपालिका उपाध्यक्ष पम्फा शाहीले प्रतिवद्धता जनाउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष,कार्यपालिका सदस्य,महिला सदस्य लगाएतको सहभागिता रहेको तालिममा संघियता राज्य पुन संरचना, नेपालको संविधान र लैंगिक पक्ष एवम स्थानीय सरकारकाका काम कर्तव्य र अधिकारका सम्वन्धि जानकारी गराइएको थियो ।

गाउँपालिकाको समन्वय, हेल्भटास नेपालको साझेदारीमा सम्पन्न दुइ दिने कार्यक्रममा गाउँपालिकालाई समृद्ध र सुशासनयुक्त वनाउन महिला जनप्रतिनिधि अग्रसर हुनु पर्नेमा उपाध्यक्ष शाहीकोे जोड थियो ।

शुभकालिका गाउँपालिकामा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुको सहभागिता रहेको तालिममा हेल्भटास नेपालका जिल्ला संयोजक लेखनाथ खरेल र पत्रकार एवम मानवअधिकारकर्मी कालीवहादुर मल्लले सहजिकरण गर्नुभएको थियो ।

सामोबार सम्पन्न भएको तालिममा नेपालमा संघीयता कार्यान्वयन, सूचनाको हकसम्बन्धी ऐन र स्थानीय तहको भूमिका, नेपालको संविधान र महिला अधिकार सम्बन्धी प्रावधानाको वारेमा प्रष्ट पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्