जबरजस्ती करणी गरेको अभियोगमा १ पक्राउ  



झापा । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उक जनालाइृ पक्राउ गरेको छ । १९ वर्षीया कोशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका ४ त्रिवेणी टोल बस्ने २२ वर्षीय सुदिप राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राई समेत २ जना व्यक्तिले ती कोशोरीलाई सोही स्थानमा रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न फरार व्यक्तिको खोजीका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्