कलेजबाट विद्यार्थी संघ संगठन र स्ववियु खारेज



विनोदसिंह विष्ट, बैतडी । बैतडी डिलाशैनी गाउँपालिका ६ स्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले कलेजबाट विद्यार्थी संघ संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गरेको छ । विद्यार्थी संघ संगठनहरुले नै दिएको निवेदनको आधारमा विद्यार्थी संघ संगठन र स्ववियु खारेज गरेको कलेज श्रोतले जानकारी दिएको छ ।

यही साउन ३ गते बसेको कलेज सञ्चालक समितिको बैठकले कलेजमा रहेका सबै विद्यार्थी संगसंगठनहरु र स्ववियु खारेज गर्ने निर्णय गरेको छ । विद्यार्थी संगठनहरु एकआपसमा भिड्ने, कलेजकै वातावरण असुरक्षित भएको,पठनपाठनमा अवरोध आएकाले संघसंगठन र स्ववियु खारेज गरेको कलेज प्रमुख परमानन्द जोशीको भनाई छ ।

कलेजको निर्णयप्रति विद्यार्थी संघ संगठनहरुले भने आपत्ती जनाएका छन् । कलेजको निर्णयले विद्यार्थीहरुको संगठित हुने अधिकार हनन गर्नुका साथै सचेत नागरिकमाथि प्रतिबन्ध लगाएको नेविसंघ बैतडीका अध्यक्ष कपीले केसीले जानकारी दिनुभयो ।

यस्तै कलेजको निर्णयप्रति अनेरास्ववियुले पनि आपत्ती जनाएको छ । विद्यार्थी संघसंगठन र स्ववियु खारेज गर्ने निर्णय आफूहरुलाई मान्य नहुने अनेरास्ववियु बैतडीका अध्यक्ष भुृवन कार्कीले बताउनुभयो ।

कलेजको गरेको निर्णयको सामाजिक सञ्जालमा भने धेरैले स्वागत गरेका छन् । कतिपयले कलेजको निर्णयको विरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्