तीजमा बबाल मच्चाउँदै सरिता



गायिका सरिता प्रजापती यस वर्षको तीजमा बब्बाल मचाउने सुरमा छिन्। यसैले उनले हालै आफ्नो तीज गीत तीजमा बब्बाल मच्चाउँछु म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्।

सरिताको स्वर रहेको गीतमा अनिश श्रेष्ठको संगीत र दिनेश कँडेलको शब्द रहेको छ। गीतको आकर्षक भिडियोमा मोडलहरू दीपिका सरू र रोमा न्यौपानेको अभिनय तथा नृत्य रहेको छ। पेसाले नर्ससमेत रहेकी सरिताले गीतमार्फत आफँ विदेश गएकाले तीजमा नाच्न र रमाइलो गर्न नपाएको तथा यसपालिको तीजमा भने रमाइलो गर्ने सोच भएको भाव व्यक्त गरेकी छन्। गीतको भिडियोमा सरिताले पनि अभिनय र नृत्य गरेकी छिन्।

गीतको भिडियोमा समनजंग केसीको निर्देश र सरू पोखरेल तथा विवेक मोक्तानको कोरियोग्राफी रहेको छ। दिनेश पराजुलीको छायांकन रहेको गीतको भिडियोमा सुरेश राउतको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्