भदौमा सोच



एक्सन लभ स्टोरी फिल्म सोच आगामी भदौ २० गते अल नेपाल रिलिज हुने भएको छ। रिलिज डेट नजिकिँदै जाँदा यसको टिजर सार्वजनिक गरिएको छ।

पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेका फिल्मको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना र पुजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ। फिल्ममा प्रज्वल, नीता र निर्देशक पुजन स्वयं मुख्य भँमिकामा छन्।

गंगा रजक र एसडी निर्माता रहेको फिल्ममा कथा निर्देशक पुजनकै रहेको छ भने पटकथा र संवाद कृष्ण आचार्य, रामजी लामिछाने र पुजन सिंहको कोरियोग्राफी, एनबी महर्जनको द्वन्द्व र विदुर पाण्डेको छायांकन रहेको छ। फिल्मले भरपुर मनोरञ्जका साथै सन्देश दिने निर्देशक पुजनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्