विपद्मा रौतहटका जनताले पाए प्राडा गोविन्द केसीको साथ



भगवती तिमल्सिना

चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा गोविन्द केसीले पटक–पटक सरकारसँग जे कुराको माग गर्यो सरकारले सम्झौता गर्दै कार्यान्वयन नगर्ने गरेको अवस्थामा बाढीले विपत्ति निम्त्याएको रौतहटमा आफैं पुगेर निःशुल्क स्वास्थ्य सेवा शुरू गर्नुभयो। उहाँ पाँच दिनदेखि बाढी प्रभावित रौतहटको बन्जरहामा स्वास्थ्य शिविर सञ्चालन गरी जनसेवामा व्यस्त हुनुहुन्छ।

उहाँ जति बेला दैवी प्रकोप आउँछ त्यति बेला टुप्लुक्क जनताको घाउमा मलम लगाउन पुग्नुहुन्छ। उहाँले अहिलेसम्म सरकारसँग माग गर्नुभएको विषय नै आम जनतालाई सहजै स्वास्थ्य सेवा र गरिबका छोराछोरीले पनि चिकित्सा शिक्षा निःशुल्क पढ्ने वातावरण बनाई देशमै सेवा गर्ने अठोटमा वृद्धि गराउनु हो।

उहाँले अहिलेसम्म सरकारसँग माग गर्नुभएको विषय नै आम जनतालाई सहजै स्वास्थ्य सेवा र गरिबका छोराछोरीले पनि चिकित्सा शिक्षा निःशुल्क पढ्ने वातावरण बनाई देशमै सेवा गर्ने अठोटमा वृद्धि गराउनु हो ।

तर, सरकार भने धनीमानीको आश्वासन, आर्थिक प्रलोभनमा परी जनताका विषयलाई भन्दा राजनैतिक शक्तिका आडमा जनताको भावनामाथि खेलवाड गर्दै छ।

गत साता बिहीबार रौतहट पुग्नुभएका डा. केसीले बकैया नदीले डुबान पारेको सो क्षेत्रमा शिविर सञ्चालन गरिरहनुभएको छ। डा. केसी औषधि, विभिन्न खाद्यन्न र अन्य दैनिक उपभोगका सामाग्री बोकेर रौतहट पुग्नुभई पीडामा परेकालाई वितरण गर्नुभयो। उहाँले शुक्रबारदेखि अहिलेसम्म स्थानीय स्वास्थ्य संस्थामा सञ्चालन गर्नुभएको स्वास्थ्य शिविरमा रुघाखोकी, झाडापखाला, दीर्घरोगी, छालासम्बन्धी समस्या, घाउखटिरा जस्ता समस्याको उपचार गर्नुभएको छ।

उहाँ पुग्नुभएको स्थान वर्षाद्का कारण अत्यन्तै जोखिममा परेको र त्यहाँका जनताले खाद्य, स्वास्थ्य सेवा पाउने सम्भावना शून्य भएको स्थान हो। डा. केसी भन्नुहुन्छ– ‘यो ठाउँमा आउन न पुल छ, टापु जस्तो ठाउँ डुबानले पूरै प्रभावित भएको छ। यो गाउँ चारैतिरबाट बाढीको घेरामा परेको छ, निकास बन्द भएर तालजस्तो बनेको छ, म जहाँ पुगें मेरो आवश्यकता त्यहाँ थियो।’

रौतहटको सबैभन्दा प्रभावित क्षेत्रमा गएको थिएँ। दुई दिन सेवा गरें ३ सय जति बिरामीको परीक्षण गरी औषधि र कपडा वितरण गरेर काठमाडौं फर्किएँ।

‘डुबानमा परेको रौतहटका बासिन्दाको स्थिति दयनीय छ। रौतहटको सबैभन्दा प्रभावित क्षेत्रमा गएको थिएँ। दुई दिन सेवा गरें ३ सय जति बिरामीको परीक्षण गरी औषधि र कपडा वितरण गरेर आइतबार बेलुका काठमाडौं फर्किएँ। चार दिनको बिदा लिएर गएको थिएँ, एक दिन जान एक दिन आउन र २ दिन सेवा गर्नमा बिताएँ। त्यो ठाउँ टापु जस्तो छ गाउँ अहिले पनि डुबानमै छ।’ –डा. केसी भन्नुहुन्छ।

विगत वर्षमा पनि डा. केसीले जाजरकोटमा एचवान एनवान भाइरसका बिरामीको उपचारमा होस्, हावाहुरीले प्रभावित क्षेत्र होस्, बाढीपीडितका लागि आवश्यक पर्ने स्वास्थ्य सेवा प्रदान गर्न देशमा मात्र हैन विदेशमा पनि पुगेर सेवा प्रदान गर्दै आउनुभएको छ। यो नै डा. केसीको महान् कार्य हो। मानवीय पीडामा जहिले पनि डा. केसी मलम बनेर दीन–दुःखीलाई साथ दिन पुग्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्