रूपन्देही प्रतिष्ठान अध्यक्षमा कार्की



बुटवल, (नेस)। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रूपन्देहीको सातौं जिल्ला अधिवेशनले दीपक कार्कीको अध्यक्षतमा सर्वसम्बत रूपमा नयां कार्यसमिति गठन गरेको छ।

कार्यसमितीमा प्रथम उपाध्यक्ष विजय सापकोटा, द्वितिय उपाध्यक्ष राज केसी, महिला उपाध्यक्ष रितु थापा, सचिव उज्जवल गिरी, सहसचिव विधान कार्की, कोषाध्यक्ष सञ्जय सौगात र सह कोषाध्यक्षमा रेशम खनाल निर्वाचित भएका छन्।

त्यस्तै प्रतिष्ठानको सदस्यहरूमा बसन्त लम्साल, महेश खनाल, रेनु राना मगर, विक्रमबाबु विश्वकर्मा, नन्दु परियार, सुरज थापा, विष्णु श्रीपाली, रामप्रसाद पाण्डे, राजेन्द्र पोखरेल, निरु गुरुङ, आरती रुचाल, देवराज गैरे, अनिल पहाडी, पुनम सुनार, खेमबहादुर श्रीष, भुमा थापालगायत निवार्चित भएका छन्। प्रतिष्ठानको प्रवक्तामा दीपक दर्लामी निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्