प्रतिभा नक्षत्रको तयारी पूरा



सञ्जयभक्त कँडेल, लन्डन ।
सन् २०१७ मा बेलायतमा स्थापना भई प्रवासी नेपाली माझ चर्चित प्रतिभा नक्षत्रले बहुप्रतिक्षित कार्यक्रम ’ प्रतिभा नक्षत्र २०१९ को तेस्रो संस्करणको तयारी लगभग पूरा भएको छ । भिन्न तर अर्थमूलक संस्थाका रूपमा परिचित प्रतिभा नक्षत्रले दुई संस्करणलाई सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अघिल्लो दुई कार्यक्रमलाई सामुदायिक घरभित्रै सकेको नक्षत्रले योपटक भने खुला मैदानमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

नक्षत्र टिमले कार्यक्रम आगामी चार अगस्ट आइतबार चाल्टर्न पार्कलेनको मेरिडियन स्पोर्ट सोसल क्लबमा आयोजना गर्न लागेको हो । कार्यक्रममा भाग लिन चाहने युवा तथा वाल प्रतियोगीहरुका लागि आवेदन खुल्ला गरिएको आयोजकले जानकारी गराएको छ । आवेदकहरुलाई अनलाइन तथा पेपर दुवै फर्मबाट काम गर्न अनुरोध गरिएको छ ।

कार्यक्रममा नेपाली संस्कृतिबाहेक भिन्न समुदायका पहिचान झल्कने परम्परालाई पनि स्थान दिने भएको हो । सुन्दर अभ्यासबाट भाइचाराको सम्बन्ध स्थापित गर्दै प्रवासमा नेपाली संस्कृतिको प्रवद्र्धन र प्रचार गर्ने लक्ष्य रहेको छ ।
प्रथम हुनेलाई युवातर्फ ५ सय पाउन्ड, द्वितीयलाई ३ सय पाउण्ड र तृतीय प्रतियोगीलाई २ सय पाउण्ड, बाल विजय प्रतियोगीहरू प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३ सय, २ सय र १ सय पाउण्ड, टोकन अफ लभ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

लामो समयदेखि प्रवासमा बसेका वा प्रवासमै जन्मिएका बाबु नानीहरूलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम अर्थपूर्ण हुने आयोजकले दाबी गरेको छ । कार्यक्रममा भाग लिन इच्छुक प्रतियोगीले संसारभरबाट आवेदन दिन सक्ने भन्दै आयोजकले अनलाइन फर्मलाई पनि व्यवस्थित गरेको छ ।
नेपाली दूतावास लण्डन, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, एनआरएनए प्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय मेयर, काउन्सिलरलगायत देशविदेशबाट पाहुनाले उपस्थिति जनाउने भएका छन् ।

सोहि अवसरमा ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई प्रत्यक्ष प्रवद्र्धन गर्ने गरी नेपाली हस्तकला, खाना, भेषभूषा, संस्कृतिलाई उच्च प्राथमिकताका साथ प्रचारप्रसार गरिने आयोजकले तयारी गरेको छ । सबै संघसंस्थासँग सहकार्य गर्दै प्रतिभा नक्षत्रको उद्देश्य र चाहनालाई नेपाली प्रवासी माझ जिवन्त दिन आयोजकले सकारात्मक अभ्यास शुरू गरेको हो ।

संस्थाकी अध्यक्ष तथा सामाजिक अभियन्ता शिम्मी पुन, सम्पूर्ण कार्यसमिति तथा संस्थापक राजेन्द्र खस बस्नेतले प्रतिभा नक्षत्रको बृद्धि विकास र यसको प्रवद्र्धनका लागि नेपाली संघसंस्था, एनआर एनए, नेपाली दूतावास बेलायतलगायत सम्पूर्ण प्रवासी नेपाली र नेपाल सरकारका सम्वन्धित निकाएको सहयोगमा प्रतिभा नक्षत्रको दायरा फराकिलो बनाउनसबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्