कण्डम पनि श्रीमतीले ल्याइदिनुपर्छ

अस्थायी साधनको कुरा गर्न मान्दैनन् पुरुषहरु



सिर्जना पन्त, बागलुङ ।
अस्थायी साधन । त्यसमाथी कण्डम । यसको बारेमा कुरा गर्नु प¥यो भने कानेखुसी गरिन्छ । महिला–महिला र पुरुष–पुरुषको विचमा सामान्य कुरा भए पनि महिला पुरुषको विचमा अस्थायी साधनको बारेमा कुरा हुनु लज्जाको विषय मानिन्छ ।

बागलुङ सदरमुकाम संगै सुगम र विकासोन्मुख मानिने स्थानिय निकायहरुमा समेत गुपचुपको विषय मानिने अस्थायी साधनको बारेमा तमानखोला गाउ“पालिकाका महिलाहरु भने पुरुष स्वास्थ्यकर्मीहरुसंग पनि खुलेरै परामर्श गर्छन् ।

प्रजनन स्वास्थ्य, अस्थायी साधन र प्रयोग गर्ने तरिकाको बारेमा खुलेर कुरा गर्नु यहा“का महिलाहरुको रहर नभएर बाध्यता हो । पुरुषहरुले स्थायी बन्ध्याकरण गर्दा आफूहरु शारिरीक रुपमा कमजोर हुने र ग्राहो, अफट्यारो काम गर्न नसकिने भन्दै तर्किएपछि यहा“का महिलाहरुले पुरुषले प्रयोग गर्ने अस्थायी साधन (कण्डम) को जोहो पनि आफैले गर्नुपरेको हो । स्थायी बन्ध्याकरण गर्न नमान्ने यहा“का पुरुषहरुले अस्थायी साधन समेत श्रीमतीले उपलब्ध गराए मात्र प्रयोग गर्ने गरेको महिलाहरु बताउ“छन् ।

तमानखोला गाउ“पालिका–५ खुङखानीकी नरदेवी सिर्पाली अस्थायी साधन लिन स्वास्थ्य चौकी आफै पुग्नुहुन्छ । तिन सन्तानी आमा सिर्पालीका श्रीमान्ले स्थायी बन्ध्याकरण गर्न त मानेन्, स्वास्थ्य संस्था पुगेर अस्थायी साधन ल्याउन पनि मान्दैनन् । ‘अस्थायी साधन प्रयोग नगर्ने हो भन्ने गर्भ रहन्छन’्, सिर्पालीले खुलेरै भन्नुहुन्छ– ‘श्रीमानलाई लिन जानुस् भन्दा मान्नुहुन्न त्यसैले कण्डम लिन म आफै स्वास्थ्य चौकी जान्छु ।’

अस्थायी साधन लिन डोका बच्चा बोकेर खुङखानी स्वास्थ्यचौकी पुगेकी महिला ।

स्थायी बन्ध्याकरण गर्दा कमजोर हुने भन्दै श्रीमानले बन्ध्याकरण गर्न नमानेको नमिठो अनुभव सोही ठाउ“की आशकुमारी सिर्पालीको छ । उहा“का श्रीमान्ले अस्थायी साधन पनि प्रयोग गर्न मान्नुहुन्न । ‘बन्ध्याकरण गर्नुस भन्दा देश विदेशमा ग्राहो काम गर्न सकिदैन भन्नुहुन्छ, अस्थायी साधन पनि प्रयोग गर्न नमानेपछि बच्चा बस्ला भन्ने डरले आफैले पिल्स प्रयोग गर्ने गरेकी छु ।’ –उहाँको भनाइ छ ।

बागलुङको तमानखोलाका महिलाहरु पुरुषको तुलनामा अस्थायी साधनकोबारेमा खुलेर कुरा गर्छन् । सानो उमेरमा विवाह र सानैमा सन्तानका आमा बनेका यहा“का अधिकाशं महिलाहरुले श्रीमानले सन्तानको रहर पुगेपछि पनि स्थायी बन्ध्याकरण गर्न नमान्दा स्वास्थ्यमा समेत प्रतिकुल असर परेको कारण अस्थायी साधनको बारेमा खुलेरै कुरा गरेका हुन् । शिक्षा, चेतना र अवसरकार हिसावल निकै पछि परेका यहा“का महिलाहरु दुई वटा मात्र सन्तान जन्माउनु पर्छ भन्ने कुरामा भने सचेत देखिएपनि गरिवी र पुरुषहरुको अटेर स्वभावको कारण बाध्यता र अल्झनमा परेको देखिन्छ ।

खुङखानी स्वास्थ्य चौकीको पछिल्लो तथ्यांकअनुसार यस क्षेत्रमा हाल २२ जना महिलाले पिल्स, ४१ जनाले डिपो र ५९ जनाले इम्प्लान्ट नियमित प्रयोग गर्दै आएका छन् । ‘पुरुषहरुको तुलनामा महिलाहरु अस्थायी साधनको प्रयोगमा धेरै सचेत छन्’, स्वास्थ्य चौकी प्रमुख दिपक पौडेल भन्नुहुन्छ– यहा“का पुरुषहरुले विभन्न बाहना बनाएर अस्थायी साधन प्रयोग गर्न नमान्ने गरेको पाइएको छ ।’
‘हामिले स्वास्थ्य चौकीबाट कण्डम लैजानेहरुको तथ्यांक राखेका छैनौं पौडेलले भन्नुभयो, तर कण्डम लिन आउ“नेहरु पनि ९० प्रतिशत महिलाहरुनै छन् ।’ यहा“का पुरुषहरुको हठ र अटेरिको प्रतक्ष शिकार महिलाहरु भएका छन्, पौडेलले भन्नुभयो ‘स्थायी साधनको त कुरै छोडौं अस्थायी साधनको कुरा गर्न पनि यहा“का पुरुषहरु मान्दैनन् ।’

स्वास्थ्य चौकीमा अस्थायी साधन प्रयोग गर्ने महिलाहरुले गुनासो पनि गर्ने गरेको पौडेलले बताउनुभयो । समयमा महिनावारी नहुने, महिनावारी भएको समयमा अत्याधिक रक्तश्रव हुने, टाउ“को र ढाड दुख्ने, आलस्यता हुने जस्ता समस्याहरु देखिने गरेको महिलाहरुले गुनासो गर्ने गरेका छन् । अस्थायी साधन प्रयोग गर्दै आएका महिलाहरुमा कहिले का“ही अत्याधिक रत्तश्राव भएर साधननै परिर्वतन गर्नुपरेको समेत पौडेलले बताउनुभयो । महिलाहरुले प्रयोग गर्ने अस्थायी साधन केही समय समयमा परिवर्तन गरिरहनु पर्ने हुन्छ । तीन महिने डिपो सुई प्रत्येक तीन महिनामा लगाउनुपर्ने भएकाले झुक्किएर कहिलेकाँही गर्भ रहने समस्या रहेको महिलाहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्