प्रदेश ५ सरकारका ५ निर्णय



नेपाल समाचारपत्र, बुटवल ।
प्रदेश पाँचको मन्त्री परिषदको बैठकले विभिन्न पाँचवटा निर्णय गरेको छ । सोमवार बसेको बैठकले सैनामैना नगरपालिका र मित्रराष्ट चिनको गान्सु प्रान्त बीच भगिनी सम्बन्ध कार्यक्रम गर्न नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरको छ ।

मैन्त्री परिषद्को बैठकका निर्णय पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी गराउनु भएको हो । बैठकले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले दर्ता गरेको खानपानी सरसफाई तथा स्वच्छता (वास) कार्यबिधी २०७६ लागु गर्ने निर्णय गरेको छ । वास अन्तर्गत अव खाने पानी तथा सरसफाईका लागि मन्त्रालय धाउन नर्पेने गरि सवै स्थानिय तहमा संयन्त्र गठन गरि सोही संम्यन्त्र मार्फत आवश्यक वडा वा घर तहमा खानपानी तथा सरसफाईको व्यवस्था मिलाउने अधिकार प्रदान गर्ने गरि बैठकले निर्णय गरेको छ ।

मन्त्री परिषदको बैठकले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी कार्य बिधी २०७६ लाई स्विकृत गरेको पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले बताउनु भयो । हालसम्म शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी अनुमति संघिय सरकारले दिन गरेकोमा अबदेखि प्रदेश सरकारले स्वीकृत प्रदान गर्ने निर्णय भएको हो ।

बैठकले हालको संगठन संरचना अनुसार नै आर्थिक वर्ष २०७६ ।०७७ को वार्षिक विकास कार्यक्रम संचालन गदै जाने निर्णय समेत गरेको छ । प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्य जारी रहेको र यसलाई अन्तिम रुप दिन केही समय लाग्ने भएकाले नयाँ संगठन निर्माण नभयसम्म हालको संगठन संरचना अनुसार नै वार्षिक विकास कार्यक्रम संचालन गदै जाने उहाँले बताउनु भयो ।

त्यसैगरि आगामी भाद्र १० गते देखि १६ गतेसम्म भित्र राष्ट चिनको गान्सु प्रान्तको भ्रमणदलमा संग्लन हुने ९ सदस्य पदाधिकारीको मनोनयन र भ्रमण खर्च स्विकृत गर्ने निर्णयसमेत गरेको छ । बैठकले उद्योग, वनवातावरण र पर्यटन मन्त्री लिला गिरीको नेतृत्वमा सांसदहरु दधिराम न्यौपाने, सरस्वति गौतम, निर्मला क्षेत्री, बावुराम गौतम र चार जना कर्मचारीलाई पठाउने बैठकले निर्णय गरेको प्रवक्ता चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्