नेताको सिफारिसभन्दा व्यावसायिक कृषि राम्रो



दयाराम पण्डित, बाजुरा ।
बडिमालिका नगरपालिका–४ ओलेनाका देब नाथ यति वेला कागती, सुुन्तलालगायतका विरुवा बेच्न ब्यस्त छन् । जिल्लाकै अगुवा कृषक भनेर चिनिने नाथले वार्षिक ७ लाख रुपैंया बढिको तरकारी तथा फलफुलका बेर्ना बेचर आम्दानी गर्छन् । करिव तिन रोपनी जग्गामा फलफुल तथा तरकारीको लागि ब्यक्तीगत नर्सरी फर्म तयार गरेको कृषी ज्ञान केन्द्र बाजुराका प्रमुख मीनप्रसाद जैशीले बताउनुुभयो ।

उमेरले ६५ काटेका नाथ जिल्लाकै अगुवा कृषकमा गनिन्छन् । उनको नर्सरीमा ससुुन्तला एक हजार, कागती एक हजार, मौसम पांच सय, अनार छ सय, अम्बा पांच सय, आंप पांच सय, कफी पांच हजार, ओखरका पांच सय वोट र अन्य विरुवाका एक हजार बोट छन् । आँपको प्रतिवोट ६० रुपैंयामा बिक्री गर्छन् भने अन्य विरुवा ३० रुपैंयाका दरले बिक्री गर्छर्न ।

लामो समयदेखि तरकारी तथा फलफूल तथा विरुवा बिक्री गर्दै आएका नाथले आफुले विगतमा कहिलै सरकारी सुविधा नपाएको गुनासो गरे । कृषि ज्ञान केन्द्र प्रमुख आफै नर्सरीमा आएर देखाउने होइन गरेर खाने कृषकलाई लगानी गर्छाैं भनेपछि उनको उत्साह बढेको छ ।

‘बेर्ना ब्यबसायबाट प्रशस्त आम्दानी हुने भएकोले ब्यसायप्रति पूर्ण सन्तुुष्टी छुु । सामान्य विद्यालय परिचरको जागिरभन्दा बेर्ना उत्पादन ब्यसायिक खेतीवाट आम्दानी भएको छ । बेर्नाको आमदानीबाट घर खर्च त चलेकै छ बचेको रकम बैंकमा जम्मा गरेको छु’ –उनले सन्तुष्टिको सास फेरे।

विरुवा बिक्री गर्न विगतमा घरघर जाने देव नाथको बेर्नावाट कृषी ज्ञान केन्द्र बाजुराले यो वर्ष दुई लाख रुपैंया बरावरका विरुवा किनिदिएपछि आफुलाई कृषी पेशामा लाग्न थप हौसला भएको उनको भनाइ छ ।

“विगतमा नेताको सिफारिसमा कृषी वाट सुविधालिने तर खेतिपाती नगर्ने को जमात आउँथ्यो । ब्यबसायिक कृषक छनोट गर्न म आफै लागिपरें थोरै समयामा उपलब्धि देखिएको छ’ –कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीनप्रसाद जैशीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्