पचास वर्षदेखि बेपत्ता पनडुब्बी फेला प¥यो



पेरिस,(एजेन्सी) ।
विगत पचास वर्ष भन्दा लामो समय देखि हराइरहेको एउटा फ्रेन्च पनडुब्बी खोजि टोलीले फेला पारेको छ । सोमवार फ्रेन्च रक्षामन्त्री फ्लोरेन्स पार्लीले टिवट गर्दै यसलाई ‘ राहत र प्राविधिक सफलता ’ को संज्ञा दिएका छन् ।

सन् १९६८ को जनवरीमा फ्रान्सको दषिणी समुद«ी तट स्थित तुलोँ वन्दरगाह नजिकबाट वेपत्ता हुनेक्रममा मिनेर्भे नामक सो वन्दरगाहमा ५२ जना नाविक सवार थिए ।

यसै वर्षको शुरुमा सो पनडुब्बीसंगे वेपत्ता भएक व्यत्तिहरुका आफन्तहरुले तिनीहरुलाई खोजिदिन पुन आग्ह गरेपछि पार्लीले नयाँ ढंगले खोजिकार्य गर्ने घोषणा गरेका थिए ।

नयाँ खोजि टोलिले नयाा प्रविधिको मद्धतले पनडुब्बीको अवशेष फेलापार्न दुर्घटनाको तथ्यांक लगायत सामुदि«क धारको पुन विश्लेषण गरेको थियो । एकजना नाम नखुलाइएका नौसैनिक अधिकारीले निजि अमेरिकी कम्पनी ओसियन इन्फिनिटिको डुँगाले पनडुब्बी पत्तालगाएको स्थानिय संचार माध्यमलाई बताएका छन् ।

सो हराइरहेकोपनडुब्बी तुलोँदेखि ४५ किमि टाढा समुद« सतह देखि २ हजार ३ सय ७० मिटर तल फेला परेको हो । तर यसको दुर्घटनाको कारण भने अझै सम्म खुलन सकेको छैन। यो साठीको दशकमा विश्वभरि भएका श्रंखलावद्ध भयावह सैनिक पनडुब्बी दुर्घटना मध्उये एक हो ।

प्रतिक्रिया दिनुहोस्